हेटौँडा, ४ भदौ । पार्टी विभाजनसँगै सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।
मकवानपुरको हेटौँडामा तीन दिनदेखि लगातार बस्दै आएको बैठक आज चौथो दिन पनि बस्ने प्रवक्त भुवन पाठकले जानकारी दिनुभयो ।
‘विभिन्न निर्णयहरू गरेर बैठक आज सकिने तयारीमा छ’, उहाँले भन्नुभयो, ‘बैठक सकिएपछि पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक हुने छन् ।’
पार्टी विभाजन भएपछि अध्यक्ष कमल थापाले समग्र विषयमा छलफल गर्न हेटौँडामा केन्द्रीय कार्यसमितिको बैठक बोलाउनु भएको थियो ।
संविधान संशोधनको विषयमा राप्रपाले खासै रुची देखाएको छैन । सत्ता पक्षले दल फुटाएको आरोप लगाउँदै आएको राप्रपाले निर्वाचन आयोगले कस्तो निर्णय दिन्छ त्यसमा भर पर्ने जनाएको छ ।











प्रतिक्रिया