१० मंसिर २०८३, बिहिबार

बाढीपीडित किसानको लागि भदौ १० भित्रै विशेष राहात प्याकेज ल्याउँछुः मन्त्री यादव

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीबाट सबैभन्दा बढि कृषि क्षेत्रमा क्षति भएको भन्दै भदौ १० गतेभित्रै कृषिसम्बन्धी विशेष राहत प्याकेज घोषणा गर्ने स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले बाढीले सबैभन्दा बढि क्षति कृषिमा भएकोले त्यसको लागि सरकारले विशेष राहत प्याकेज घोषणा गर्ने जनाएका हुन् ।

उनले भने, ‘कृषि क्षेत्रमा सबैभन्दा धेरै क्षति भएकोले हामी मर्माहत भएका छौं, यो अपुरणीय क्षति हो, भौतिक संरचना ध्वस्त भएका छन्, विद्यालय, पुल, प्रहरी चौकी सबै ध्वस्त भएका छन्, धान खेत नष्ट भएका छन्, माछा पालनदेखि अन्य कृषिजन्य संरचनाहरु नै ध्वस्त भएका छन् ।’

मन्त्री यादवले बाढीका कारण कृषिमा झण्डै ८ अर्ब ६४ करोड ३४ लाख रुपैयाँको क्षति भएको समेत आँकलन प्रस्तुत गरे ।
उनले थपे, ‘बाढीका कारण धेरै क्षेत्रमा ठूलो मात्रामाक्षतिभएको छ, जनधनको क्षतिभएको छ, सरकारले राहततथा उद्धारको लागि युद्धस्तरमाकामगरिरहेको छ, मृत्तकको परिवारलाई २ लाख र घर मर्मतको लागि २५ हजार दिने र दैनिकखाजाखर्चस्वरुप७० रुपैयाँदिने निर्णय गरिसकेका छौं।’ त्यस्तै उनले स्थानीयप्रशासनलाई समेत केन्द्रबाट अत्यावाश्यक समाग्रीहरु तत्कालवितरण गर्न दिर्नेशनदिईसकेको जानकारी दिए ।

मन्त्रीयादवले त्रिपाल, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामाग्रीहरु एकद्धार प्रणालीमा वितरण भएको बताउँदै सरकारले राहतमाकुनै पनिकिसिमको कमीआउननदिननिर्देशनदिएको समेत स्प्ष्ट पारे ।

त्यस्तै उनले आफ्नो मन्त्रालयमाताहतकाकरिब ७हजार ५ सय कर्मचारीहरुबाट संकलित एक करोड २० लाख रुपैयाँ केहीदिनभित्रै प्रधानमन्त्री राहतकोषमाजम्मागरिनेपनिजनाए । उनले भने,‘कोहीकर्मचारीले ५ दिनको तलवदिनुभएको छ, कसैले ४ दिनको, कसैले ३ दिनको, त कसैले २ दिनको र कसैले एक दिनको पनिदिनुभएको छ।’

क्षतिकतिभएको हो र कति राहतदिने भन्नेबारे उच्चस्तरीय समिति गठन भएकोले यहीभदौ १० गतेभित्रै विशेष राहतप्याकेज घोषणा गरिने मन्त्रीयादवको भनाई थियो । उनले थपे,‘पीडितहरुको लागिहामीले विशेष राहत घोषणा गर्दैछौं, बैंकमा ऋण लिएकाकिसानहरुलाई कति छुट दिने, मिनाहागर्न सकिने भएमिनाहागर्ने यी सबै बारेमाअहिले समितिले कामगरिरहेको छ, के हुन्छ हामी चाँडै घोषणा गर्छौं।’

उनले पीडितहरुको राहततथा उद्धारमाकुनैपनिकमीहुननदिने समेत विश्वास दिलाए । उनले थपे,‘कृषिविकास बैंकबाट ऋण लिएकाहरुलाई ब्याज छुटदेखि मिनाहावा के गर्न सकिन्छ त्यो बारेमापनिहामी निर्णय गर्छौं।’

त्यस्तै उनले नष्ट भएकाअन्नवाली, खेतिहरुलाई समेत ध्यानदिएर खेत पूनः रोप्न चाहानेहरुलाई विउनिशुल्कदिनेदेखि छुट समेत गरिने र माछाका भुरा उपलब्ध गराउने समेत मन्त्रालयको तयारी सुनाए ।

संविधान संशोधन प्रस्ताव पारित हुने ठोकुवा

फरक प्रसँगमाउनले संविधान संशोधन प्रस्तावपारित हुने समेत ठोकुवा गरे । उनले भने,‘संशोधन प्रस्ताव सदनमा छलफलमा छ, प्रस्ताव पारित गराउनगम्भिर छ, हाम्रो पार्टी नेपाली कांग्रेस गम्भिर छ, प्रस्ताव पास हुन्छ।’ मन्त्रीयादवले उक्त संशोधन प्रस्तावभोलिवापर्सीभित्रै पास हुने समेत विश्वास दिलाए ।

त्यस्तै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गर्ने अन्तिमतयारीमा सरकार जुटेकोले केहीदिनभित्रै मिति घोषणा हुने उनको भनाई थियो ।