– सन्तोष यादब
सिरहा, ३ भदौं । जिल्ला कृषि बिकास कार्यालय सिरहाले गत साउन २७ गते वाट सुरु भएको अविरल वर्षका कारण आएको बाढी र डुवानको कारण सिरहा जिल्ला भित्र १ सय २४ करोड वरावरको बालीनालीमा क्षति पुर्याएको जनाएको छ ।
जिल्ला कृषि बिकास कार्यालय सिरहाले उपलव्ध गराएको तथयाङ्ख अनुसार सिरहामा सवै भन्दा बढी क्षति माछा पोखरी र तरकारी खेतिमा भएको छ । बाढीले ५ सय २० हेक्टरको माछा पोखरीको माछा बगाएको छ । जसवाट ४५ करोडको क्षति भएको छ । १० हजार ८ सय ८१ हेक्टको धानवाली बगाएकोर त्यसवाट ३२ करोड ६४ लाखको क्षति पुगेको छ ।
त्यसैगरी हरियो तरकारी ५९४ हेक्टरको बाढी तथा डुवानले नष्ट पारेको छ । जसवाट १७ करोडको नोक्सानी भएको छ । दलहन तर्फ अरहर र मास १२८ हेक्टरको नष्ट भएको छ । यसवाट पनि ६ करोडको क्षति भएको छ । ४० हेक्टर क्षेत्रफलमा लगाएको मकै नष्ट भएको छ । त्यसैगरी सुर्ति खेति ५ हेक्टरको क्षति भएको छ । जसवाट ५ लाख नोक्सान परेको छ । जिल्ला कृषि विकास कार्यालय सिरहाका योजना अधिकृत डा. हरिशचन्द्र पण्डितले बाढीले १ अर्व करोड ६४ लाखको वालीनाली नष्ट भएको जानकारी दिनुभयो ।
बाढी र डुवानवाट कृषकहरु अति नै मारमा परेका छन् । एकातिर साउनको २० गतेसम्म वर्षा नभएको कारण सिरहामा कूल ६० हजार हेक्टर धान रोप्ने जमिन मध्ये करीव ४० प्रतिशत जग्गामा मात्र धान रोपाई भएको थियो । अधिकांश जग्गा बाँझै थियो । साउन २७ गते देखि अतिवृष्टि भई बाढी आउँदा तथा डुवान हुँदा रोपाई भएको धान पनि बगाएर लगेको छ ।
बैंकको कर्जा लिएर तरकारी खेति गर्ने कृषकहरु ऋणमा डुवेका छन् । सरकारले बाढी पिडित कृषकहरुलाई क्षतिपुर्ति र मुआव्जा नदिने हो भने उनीहरु आर्थिक रुपमा धरासायी हुने अवस्था छ भने अर्कोतिर यस वर्ष जिल्लामा भोकमरीको स्थिति उत्पन्न हुने संभावना छ ।
















प्रतिक्रिया