१० मंसिर २०८३, बिहिबार

बाढी प्रभावित सिरहा औरहीमा झाडापखालाबाट एक बालिकाको मृत्यु, सयौं विरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, ३ भदौ । गत २७ साउन देखि भएको अविरल वर्षाका कारण आएको बाढी तथा डुवान प्रभावित क्षेत्रमा झाडा पखालाको माहामारी फैलिएको छ । बाढी र डुवानवाट घरवारविहिन भएकाहरु रोगको माहामारी फैलिएपछि झन संकटमा परेका छन् । आज झाडापखाला लागेर विरामी परेकी औरही गापा ५ की गंगाराम साफीकी डेढ बर्षिया छोरी भारती साफीको मृत्यु भएको हो ।

बढी र डुवान ग्रसित गाउँ सिरहाको औरहीमा झाडा पखालाको प्रकोप फैलिएको छ । झाडा पखालावाट औरहीमा मात्र २ दर्जन बालवालिका सहित ६३ जना गंभिर रुपमा विरामी परेका छन् । त्यसैगरी लहान नगरपालिका बडा नंं १ को बाढी तथा डुवान पिडित मुसहर वस्तिमा पनि झाडा पखाला फैलिएको छ । त्यहाँ पनि दर्जनौ बाढी पिडितहरु झाडा पखालावाट सिकिस्त भएका छन् ।

झाडा पखाला फैलिए पछि जिल्ला स्वास्थ्य कार्यालय सिरहा र प्राथमिक स्वास्थय केन्द्र औरहीले बाढी पिडित बस्ति औरहीमा विहिवार देखि स्वास्थ्य शिवीर संचालन गरेको छ । स्वास्थय शिवीरमा हालसम्म ६३ जना विरामीले स्वास्थ्य उपचार सेवा पाएको प्राथमिक स्वास्थ्य केन्द्र औरहीले जनाएको छ ।

बाढीले घर भत्किएर घरवार विहिन भएका डुवान पिडितहरु गाउँमा झाडा पखाला फैलिए पछि झन आहत भएका छन् । गाउँ वस्ति हिलाम्मे भएको, खानेपानीको मुहान फोहर भएको, धेरै गाउँहरु चर्पी विहिन भएको र पोखरीको पानीले नुहाउने तथा भाँडा माझ्ने कारणले झाडा पखाला फैलिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख तथा डाक्टर चुमनलाल कर्णले जानकारी दिए ।