२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई ज्योतिषले भने ‘अशुभ’ ! दिए अनौठो सुझाव

15.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । चौथोपटक प्रधानमन्त्री बन्न सफल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी बुधबार (भदौ ७ गते) भारत भ्रमणमा जाँदैछन् ।

दोक्लाम प्रकरणलाई लिएर चीन र भारतबीच तनाव बढिरहेका बेला हुन गइरहेको प्रम देउवाको भ्रमणलाई धेरैले उचित मानेका छैनन् । कुटनीतिज्ञ र वैदेशिक मामिला विज्ञहरुले समेत अहिलेको समयमा प्रधानमन्त्री देउवाको भारत भ्रमण सान्दर्भिक नभएको बताउने गरेका छन् । भारत नजिक मानिने देउवाको भ्रमणमा नेपाल सरकार दोक्लाम लगायत अन्य विषयमा भारतको पक्षमा उभिन बाध्य हुनसक्ने खतरा उनीहरुले देखेका छन् ।

ज्योतिष सिटौला

यसैबेला एक जना ज्योतिषले पनि आउँदा बुधबार हुन लागेको प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई ‘अशुभ’को संज्ञा दिएका छन् ।

चर्चित युवा ज्योतिष सुनील सिटौलाले देउवाको भारत भ्रमण उपलब्धी मुलुक नहुने बरु उल्टै देशलाई नै अप्ठ्यारोमा पार्न सक्ने उल्लेख गरेका छन् ।

‘आउदो बुधवार प्रधानमन्त्रीको भारत भ्रमणमा चन्द्रमा जुरेको छैन् । उपलब्धी मुलक त हुँदैन नै, अन्य अप्ठ्याराहरु पनि आउन सक्छ,’ उनले प्रधानमन्त्रीलाई सचेत गराउँदै भनेका छन्– ‘दोष निवारणको लागि माछा, चौलानी या तातो दुध खाएर घरबाट निस्कनी सुझाब दिन सकिन्छ ।’

देशको आधा भुभाग बाढी, पहिरो र डुबानले विपत्तिमा परेका बेला प्रधानमन्त्रीको भारत भ्रमणलाई रुचाएका छैनन् । यही क्रममा चिनियाँ उपप्रधानमन्त्री काठमाडौं आएरै दोक्लाम प्रकरणमा भारतसँग कुनै खालको सम्झौता नहोस्, एक चीन नीति कायम रहोस् भनी देउवालाई विभिन्न माध्यममार्फत सचेत गराइसकेका छन् ।

भ्रमण कस्तो र के के सम्झौता हुने हुन् त्यो हेर्न बाँकी नै छ ।