काठमाडौं, ३ भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरु निर्वाचनलाई आफ्नो पक्षमा पार्नेगरी क्षेत्र निर्धारण गरिरहेको बताउनुभएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो गम्भीर कुराको खुलासा गरेका हुन् ।
‘सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनमा आफ्नो पक्षमा परिणाम आउने गरी क्षेत्र निर्धारणको काममा षडयन्त्र गरिरहेका छन्,’ ओलीले भने– ‘यो हामीलाई मान्य छैन् । क्षेत्र निर्धारण आयोग सरकारको प्रवक्ता बन्नु हुँदैन् ।’
प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नगर्न उनले सरकारलाई चेतावनी समेत दिए ।
यस्तै, अध्यक्ष ओलीले संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने उपयुक्त समय अहिले नभएको स्पष्ट पार्दै विधेयक कुनै हालतमा पारित नहुने दावी गरे । राष्ट्रवादी शक्तिहरुलाई कमजोर बनाउने गरी सत्तापक्षले विधेयक निर्णयार्थ पेश गर्न खोजेको ओलीको आरोप छ ।
अध्यक्ष ओलीले राहत वितरणको काममा राजनीति नगर्न पनि सरकारलाई सचेत गराए । ‘राजनीतिक लाभहानीको आधारमा सरकार र सत्तारुढ दलका नेताहरुले राहत वितरणको कामलाई प्रचारवाजीको विषय बनाएका छन् यो राम्रो होइन’ ओलीले भने ।















प्रतिक्रिया