हेटौँडा, ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज तेस्रो दिन पनि बस्दैछ ।
हेटौँडामा जारी केन्द्रीय कार्यसमितिको बैठक अहिले केही समयपछि बस्नेछ । बैठकमा धारणा राख्न बाँकी सदस्यहरूले बोल्ने केन्द्रीय सदस्य कोमल ओलीले जानकारी दिनुभयो ।
पार्टी विभाजन भएपछिको अवस्थाका विषयमा छलफल गर्न अध्यक्ष कमल थापाले केन्द्रीय कार्यसमितिको बैठक बोलाउनु भएको हो ।
बैठकले संविधान संशोधनको विधेयकको विपक्षमा आफ्नो मत दिने यसअघि संकेत गरिसकेको छ ।
पशुपति शम्शेर राणा समूहले पार्टी विभाजन गरेपछि केन्द्रीय सदस्य र सांसदहरूलाई थापाले आफ्नो गृहनगर हेटौँडामा लगेर बैठकमा सहभागी गराउनु भएको हो ।











प्रतिक्रिया