काठमाडौं, २ भदौ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र युरोपियन युनियनका प्रतिनिधिहरूबीच भेटवार्ता भएको छ ।
काठमाडौंमा शुक्रबार भएको भेटवार्तामा युरोपियन युनियनका प्रतिनिधिहरूले मधेस आन्दोलन र बाढीको प्रकोपका विषयमा जिज्ञासा राखेका थिए । स्रोतका अनुसार युरोपियन युनियनका प्रतिनिधिहरूले बाढीपीडितहरूलाई सहयोग गर्ने आश्वासन दिएका छन् ।
युरोपियन युनियनका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष ठाकुरले आफूहरूको आन्दोलनका विषयमा जानकारी गराउनु भएको थियो ।











प्रतिक्रिया