काठमाडौं, २ भदौ । नेपालको बैंकिङ्ग ईतिहासमा विभिन्न नयाँ सेवा तथा योजना प्रस्तुत गर्दै आएको यस एन.आई.सि. एसिया बैंक लि.ले आफ्नो दुई दशकको सफल यात्राको उपलक्ष्यमा ग्राहकवर्ग माझ डबल डिपोजिट नामक नयाँ निक्षेप योजना प्रस्तुत गरेको छ ।
आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले ल्याएको यस निक्षेप योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाई सीमित अवधि पश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानी गरिनेछ ।
न्यूनतम रु. १ लाख निक्षेपका साथ भाग लिन सकिने यस योजनामा व्यक्तिगत निक्षेपकर्ताको हकमा ९ वर्ष र संस्थागत निक्षेपकर्ताको हकमा १० वर्षमा आफूले सुरुमा जम्मा गरेको रकमको नियमानुसार संस्थागत निक्षेपको हकमा १५ प्रतिशत तथा व्यक्तिगत निक्षेपको हकमा ५ प्रतिशतका दरले व्याज आम्दानीको श्रोतमा करकट्टी गरे पश्चात बैंकले दोब्बर भुक्तानी दिनेछ ।
यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा बजारमा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गर्दछ ।
आफ्ना ११९ वटा शाखा र ४ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिईरहेको यस बैंकले गत आर्थिक वर्ष २०७३–७४ को नाफाबाट २० प्रतिशत वोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस प्रदान गर्ने निर्णय समेत गरेको बैंकद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया