काठमाडौं, २ भदौ । नेपालकै सर्वोत्कृष्ट तथा अग्रणी इन्टरनेट सेवा प्रदायकको रुपमा सुपरिचित भई संचार जगत्मा राम्रो र छिटो सेवा दिदै आएको वर्ल्डलिङ्कले ग्राहकवर्गको आकर्षणलाई ख्याल राख्दै नयाँ बानेश्वरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
समय सापेक्ष ग्रहकवर्ग माझ भरपर्दो सेवाको अनुभव दिलाउदैँ संचार प्रवाह उत्कृष्ट बनाउने लक्ष्यका साथ सेवालाई गुणस्तरीय, छिटो र छरितो बनाउन विभिन्न नयाँ शाखा विस्तार गर्ने योजना स्वरुप बिहीबार नयाँ बानेश्वरमा नयाँ शाखा संचालनमा ल्याइएको हो ।
नयाँ शाखा विस्तार पश्चात् ग्राहकहरूले वर्ल्डलिङकसँग सजिलै आवद्ध भई सेवा लिने र सजिलै नगद भुक्तानी गर्न सक्नेछन् ।
यतिमात्र नभई विभिन्न शाखा विस्तार पश्चात् देशका विभिन्न ठाउँमा बसोबास गर्ने मानिसहरुले सजिलै वल्र्डलिङकको सेवा तथा सुविधालाई बुझ्दै प्रयोगमा ल्याउन सक्ने छन् ।
यसबाट कम्पनी र सर्वसाधरण दुबैलाई फाइदा पुग्ने प्रारम्भिक अनुमान रहेको छ । साथै १ वर्षको इन्टरनेट सेवा अग्रिम बुकिङ्ग अथवा जडान गर्ने ग्राहकहरुलाई २ महिना निशुल्क सेवा उपलब्ध गराइने प्रावधान रहेको छ । यो योजना भदौ १ देखि ७ सम्म उपलब्ध गराइने वरेल्डलिंकले जनाएको छ ।
हालमा वर्ल्डलिङकको ६ वटा शाखा काठमाडौंभित्र र २१ वटा शाखा काठमाडौं बाहिर रहेकोमा आगामी दिनमा १५ वटा शाखा काठमाडौंभित्र स्थापना गरी काठमाडौं बाहिर आवश्यकता अनुसार स्थापना गर्ने लक्ष्य रहेको छ ।















प्रतिक्रिया