१० मंसिर २०८३, बिहिबार

बाढी र डुबान पीडितको उद्धार राहतमा सक्रिय सेना, १७५०० फौज परिचालन (फोटो फिचर)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । साउन २७ गतेको मध्य रातदेखि परेको अविरल वर्षाको कारण देशको विभिन्न भागमा आएको बाढी तथा पहिरोवाट प्रभावित विभिन्न जिल्लामा स्थानीय प्रशासनसँगको समन्वयमा नेपाली सेनाको उद्धार तथा राहत टोलीले हवाई तथा पैदल मार्गबाट राहत सामाग्री वितरण गर्ने कार्य गरि रहेको छ ।

यसै क्रममा नेपाली सेनाको हवाई साधनबाट हाइजेनिक किट, पानी शुद्धिकरण गर्ने औषधी तथा खाद्यान्नहरु काठमाण्डौबाट प्रभावित ईलाकातर्फ लगिएको छ । यसको अतिरिक्त बाढी प्रभावित सप्तरी, नवलपरासी, बाँके तथा बर्दिया जिल्लाको विभिन्न स्थानहरुमा अस्थायी मेडिकल क्याम्प खडा गरी स्वास्थ्य उपचार समेत प्रदान गरि रहेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सप्तरी, सिराह, उदयपुर, धनुषा, रौतहट र नवलपरासी जिल्लाका विभिन्न स्थानहरुमा अस्थायी तटबन्ध निर्माण कार्य गरिएको र सप्तरी, बाँके, बर्दिया र नवलपरासी जिल्लाको विभिन्न स्थानमा अवरुद्ध सडकहरु सुचारु गर्ने कार्य समेत गरि रहेको छ ।

स्थानीय स्तरमा भएका क्षति सम्बन्धी जानकारी लिन र राहत वितरणको लागि क्षेत्रीय प्रशासकसहित नेपाली सेनाका पूर्वी पृतनापति उपरथी गौरव तण्डुल सिराह र सप्तरी जिल्लाको विभिन्न स्थानमा पुग्नु भई राहत बाड्नुको साथै स्थलगत जानकारी समेत हासिल गर्ने कार्य भएबाट उद्धार तथा राहत वितरण कार्य थप प्रभावकारी भएको छ ।

हाल देशको बिभिन्न जिल्लाहरुमा उद्धार, राहत तथा तटबन्ध निर्माण कार्यमा नेपाली सेनाको करिव १७५०० फौज खटिएको छ ।