काठमाडौं, १ भदौ । सिप्रदी ट्रेडिङ प्रालिले सोल्टी क्राउन प्लाजालाई हाई लिप्mटस क्याटरिङ च्याम्प हस्तान्तरण गरेको छ । नेपालको लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदीले साउन ३२ गते बुुधबार राजधानीमा सोल्टी क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गरी उक्त च्याम्प हस्तान्तरण गरेको होे ।
कम्पनीका अनुसार उक्त गाडी हवाईजहाज भित्र खाना ढुवानी गर्न प्रयोग गर्न सकिने छ । टाटा १६१३ को च्यासिसमा निर्मित उक्त च्याम्पस् अन्तराष्ट्रिय सुरक्षा मापदण्ड अनुुसार तयार गरिएको दावी कम्पनीले गरेको छ । तीन हजार केजी सम्मको वजन बोक्न सक्ने क्षमता रहेको उक्त गाडि चलाउन र मर्मत गर्न निकै नै सजिलो रहेको छ ।
\गाडिको पछाडिको भाग पनि उचाल्न मिल्ने भएकाले लोड, अनलोड गर्न समेत सजिलो हुुने कम्पनीले जानकारी दिएको छ । साधारण क्याटरिङ च्याम्प भन्दा यसको बडीमा स्याण्डवीच कम्प्रेस्ड प्यानल ले खानामा ताजापन कायम नै राख्ने छ । कम्पनीका अनुसार यसमा जडान गरिएको पिटिओ, डिसी मोटर ह्याण्ड पम्प, सहजताको लागि क्यामेरा र चालकको क्याविनमा रहेको अपरेटिङ प्यानलले गर्दा यो च्याम्प अन्यको तुुलनामा फरक र उत्कृष्ट रहेको दावी समेत कम्पनीले गरेको छ । यसमा जडान गरिएको सबै सामाग्रीहरु बिश्वसनियताको लागि परिक्षण गरिएको र कडारुपमा गुुणस्तर नियन्त्रण भएकाले गर्दा यो च्याम्प सर्वोत्कृष्ट रहेको दावी समेत कम्पनीले गरेको छ ।
टाटा मोर्टस र जिएसई मुम्वई बारेमा
टाटाको कर्मसियल च्यासिस बिश्व कै सर्वोत्कृष्ट मध्येको एकमा गनिन्छ । मुम्वईको नन्दन जिएसई ले टाटा १६१३ को च्यासिसमा नयाँ हाई लिफ्ट च्याम्प्स एलएसजी सोल्टी फ्लाईट किचनबाट हवाई जहाज भित्र ढुवानी गर्न प्रदान गरेको छ । नन्दन हाई लिफ्ट सबै अन्तराष्ट्रिय सुरक्षा मापदण्ड बमोजिम तयार गरिएको छ । तीन हजार केजी पे लोड क्षमता भएको यो गाडी पाँच दसमलव नौ मिटर अग्लो रहेको छ । यसमा नयाँ प्रविधी युुक्त एफआरपी स्याण्डवीच प्यानल बडी जडित रहेको छ ।
परिक्षण सेवा
नन्दन हाईलिफट्स भारतमा निर्माण भएर बिश्वभर बितरण गरिन्छ । सिप्रदी टे«डिङ प्रालिले यस हाईलिफ्ट एलएसजीलाई बितरण गर्न र त्यहाँका सञ्चालन कर्मचारीहरुलाई परिक्षण र प्रमाणीकरण गर्न पाउँदा खुुशी महसुुस गरेको छ ।
















प्रतिक्रिया