काठमाडौँ, १५ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस– नेकपा एमाले लगायतका केही दलले हिन्दुधर्मका नाममा आतंक मच्चाएको आरोप लगाउनु भएको छ ।
एमाओवादी ललितपुर जिल्ला कमिटिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा दाहालले शुक्रबार संसद्मा भएको हंगामाप्रति लक्षित गर्दै यस्तो आरोप लगाउनुभएको हो । संसद्को शुक्रबारको बैठक सार्क सम्मेलनका लागि रत्नपार्कस्थित शान्तिवाटिकामा अनशनरत धर्मगुरुलाई हटाउने क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले दिनुभएको अभिव्यक्तिप्रति राप्रपा नेपालका सांसदले आपत्ति जनाउँदै अवरुद्ध गरेपछि आधा घन्टाका लागि कारवाही स्थगन गरिएको थियो ।
उपप्रधानमन्त्री गौतमले महानगरपालिकाले शान्तिवाटिकामा स्वामी श्रीनिवास आचार्यको नामका धार्मिक गुरुलगायतका समूहले गत वैशाख ८ देखि निरन्तर रिले अनशन जारी राखेकामा नेपाल प्रहरीले संरक्षण गर्दै आएपनि सार्क शिखर सम्मेलनका लागि तयारी गर्ने क्रममा महानगरपालिकाले अनशनरत समूहलाई स्थान खाली गर्न अनुरोध गरेको तर त्यसलाई अटेर गरेपछि हटाएको बताउनु भएको थियो । तर, प्रचण्डले राप्रपा नेपालका बारेमा पनि टिप्पणी गर्नुभएन ।
कांग्रेस र एमालेका नेताहरु खुलेआम संघीयताको बिरोधमा उत्रेको पनि दाहालको आरोप थियो । उहाँले काँग्रेस र एमालेले विभिन्न बाहनामा पेलेको भन्दै वैद्य नेतृत्वको नेकपा–माओवादीलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
‘दुई ठूला भनिएका दलहरुका कारण परिवर्तनका मुद्दा गुम्ने खतरा पैदा भएको छ’ उहाँले भन्नुभयो, ‘यसलाई रोक्न पार्टी एकता भएर जानुको बिकल्प छैन् । वैद्यजी तपाई आउनुपर्यो, हाम्रो मुद्धा गुम्न लाग्यो ।’















प्रतिक्रिया