१० मंसिर २०८३, बिहिबार

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक हेटौँडामा बस्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक हेटौँडामा आजदेखि सुरु हुँदैछ ।

हेटौँडा बजारस्थित एक होटेलमा दिउँसो एक बजेदेखि बैठक सुरु हुने सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

‘बैठकका लागि अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरू आइसक्नु भएको छ’, उहाँले भन्नुभयो, ‘केही नेताहरूबाटोमा हुनुहुन्छ । बैठक समयभित्र आइसक्नु हुन्छ ।’

बैठकमा कम्तिमा एक सय पदाधिकारी र केन्द्रीय सदस्यहरू उपस्थित हुने सहायक महामन्त्री बर्तौलाले दाबी गर्नुभयो । ‘बैठकमा सबै नेताहरू आउनु हुन्छ’, उहाँले भन्नुभयो, ‘फुटेर गएको समूहसँग बहुमत पुग्दैन ।’

बैठकका लागि बुद्धिमान तामाङ, जयन्त चन्द, राजेन्द्र लिङ्देन, टंक ढकाल, उद्धब पौडेल, चन्द्रबहादुर गुरुङ, तोरण गुरुङ, भुवन पाठक, रोशन कार्की, सुशील श्रेष्ठसहितका अधिकांस नेताहरू हेटौँडा आइसकेको बर्तौलाले जानकारी दिनुभयो ।

पशुपति शम्शेर राणाले राप्रपा फुटाएपछि अध्यक्ष कमल थापाले समग्र विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक आफ्नो गृहनगर हेटौँडामा बोलाउनु भएको हो ।

राणा समूहले केन्द्रीय कार्यसमितिको ४० प्रतिशतभन्दा धेरै सदस्य आफूहरूसँग रहेको दाबी गर्दै आएको छ भने थापा समूहले त्यसको खण्डन गर्ने गरेको छ ।