३ कार्तिक २०८३, मंगलबार

रोहिणीलाई यसकारण मन पर्छ सौगात र आनन्द

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । म्युजिक भिडियो, विज्ञापन र फिल्महरूमा अभिनय गर्दै आएकी रोहिणी मिश्रलाई गीतसंगीत अत्यन्तै मन पर्छ ।

‘गायक आनन्द कार्कीका गीतहरू धेरै सुन्छु’, रोहिणीले भनिन् । आनन्द कार्कीका गीत मायाप्रेममा केन्द्रित हुन्छन् तपाईलाई कसैसँग माया बसेको हो ? भन्ने प्रश्नको जवाफमा रोहिणी भन्छिन्, ‘त्यस्तो केही होइन । उहाँको स्वरमा मिठास छ । गीत सुन्दा आनन्द आउँछ ।’

संगीतकारमा बसन्त सापकोटा पनि रोहिणीका मन पर्ने संगीतकार हुन् । हुन् धेरै संगीतकारका गीत मन परे पनि रोहिणीलाई सापकोटाका गीत अलिक धेरै मन पर्छ भन्छिन् ।

रोहिणीलाई मन पर्ने कलाकारमा सौगात मल्ल हुन् । सौगात मल्लद्वारा अभिनित फिल्महरूलाई उनलाई मन पर्छ । भन्छिन्, ‘सौगात मल्ल थिएटरबाट आउनु भएको हो । उहाँको अभिनयमा जीवन्त छ ।’ सौगात मल्ल नेपाली कलक्षेत्रमा राम्रो र दमदार अभिनय गर्ने अभिनेताका रुपमा आफूले चिनेको रोहिणीको भनाइ छ ।

म्युजिक भिडियो र फिल्महरू खेल्दै आएकी रोहिणीले निर्देशक तुलसी घिमिरेसँग स्काइशप नेपालको विज्ञापन पनि खेलेकी छिन् । नेपाली फिल्म खेल्ने तयारीमा रहेकी रोहिणीले भोजपुरी फिल्महरू पनि गरेकी छिन् । भन्छिन्, ‘नेपाली, भोजपुरी भाषाका फिल्महरू खेलेको छु ।’