१० मंसिर २०८३, बिहिबार

प्रमुख दलहरूले निर्वाचन आयोगसँग कुरा गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले निर्वाचन आयोगसँग प्रदेश र संसदको निर्वाचनका विषयमा छलफल गर्ने भएका छन् ।

बिहीबार साँझ छ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोगका पदाधिकारीहरूसँग संसद र प्रदेश निर्वाचन एकैचरणमा गर्न सकिन्छ कि सकिँदैन भनेर छलफल हुनेछ ।

एमालेका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचनको तयारीका विषयमा आयोगसँग छलफल हुन लागेको जानकारी दिनुभयो ।

‘प्रदेश र संसदको निर्वाचन एकैचरणमा गर्दा के हुन्छ भनेर निर्वाचन आयोगसँग आज छलफल गर्दैछौँ’, उहाँले भन्नुभयो, ‘प्रमुख दलहरूका बीच दुबै निर्वाचन एकैपटक गर्ने सहमति भएको छ ।’

निर्वाचन आयोगले दुबै निर्वाचन गर्न प्राविधिक कठिनाइ हुने जनाउँदै आएको छ । स्रोतका अनुसार प्रमुख दलहरूले पहिला संसदको निर्वाचन गरेर मात्रै प्रदेशको चुनाव गर्नेबारेमा पनि छलफल चलाएका छन् ।