२ कार्तिक २०८३, सोमबार

मैत्रीपूर्ण फुटबल– जापानमा नेपालको पहिलो जित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ साउन । एएफसी एसिया कपको तयारीका लागि जापान पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले क्वानसेइ गाक्वुइन विश्वविद्यालयलाई पराजित गर्दै विजयी भएको छ ।

जापानमा आज भएको मैत्रीपूर्ण खेलमा नेपालले विश्वविद्यालयलाई २–१ गोलअन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यसअघि आइतबार भएको पहिलो मैत्रिपूर्ण खेलमा नेपाली टोलीले जापानको गाम्बा ओसाका तेइस वर्षमुनि (यु–२३ ) टोलीसँग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपालको जितमा विमल घर्तीमगर र सुमन लामाले गोल गरे । विमलले खेलको पहिलो हाफको १२ औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए । जापानका खेलाडीले खेलको २५ औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए ।

त्यस्तै, सुमनले खेलको दोस्रो हाफको अतिरिक्त समय (९० प्लस १ ) मा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो ।

नेपालले जापान भ्रमणमा विभिन्न पाँच मैत्रीपूर्ण खेल खेल्नेछ जसअन्तर्गत नेपालले भोलि आफ्नो तेस्रो खेलमा अमिटिज स्पोर्ट्स् क्लबसँग खेल्नेछ । रासस