१ कार्तिक २०८३, आइतबार

सेब र एन्जल्सहार्ट क्वाटर फाइनल प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । सामाखुसी बोडिङ स्कुल(सेब) र एन्जल्स्हार्ट स्कुल १२ औं क्वीक्स ग्रिनल्यान्ड कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको जुनियर छात्रतर्फ क्वाटर–फाईनलमा प्रवेश गरेका छन् ।

बुधवार भएको जुनियर छात्रको प्री–क्वाटर फाईनल खेलमा सेबले बसुन्धारा एकेडेमी(बिएनए) माथी १ अंकको रोमाञ्चक जित निकाल्दै क्वाटर–फाईनलमा स्थान बनायो ।

दिवस गुरुङको उत्कृष्ट प्रदर्शनमा सेबले बिएनएमाथी १६–१५ कठिन जित हात पारेको हो । सेबको जितमा नायक बनेका दिवसले महत्वपूर्ण १४ अंक जोडेका थिए ।

जुनियर छात्रकै अर्को प्री–क्वाटर फाईनल खेलमा एन्जल्स्हार्टले नवजिवनलाई २५–१० ले हराउदा सागर परियारले सर्वाधिक ७ स्कोर गरेका थिए ।

धापासीस्थित आयोजक ग्रिनल्यान्ड स्कुलको कोर्टमा बुधवार भएको जुनियर छात्रतर्फको अन्य प्री–क्वाटर फाईनल खेलमा सफलता हात पादै नेरिक,एचएचसीए,ग्रिनल्यान्ड,लालीगुँरास,माउण्टग्लोरी र मञ्जुगोक्षा क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

नेरिकले इडनब्रिजलाई २१–१४ ले हराउदा भुवन थापाले ८ स्कोर गरे । बिकी मानन्धरको ९ अंकको मद्दतमा एचएचसीएले ओडिसीलाई १३–११ ले हरायो ।

त्यस्तै आयोजक ग्रिनल्यान्डले डिआर मेमोरियललाई २३–७ को फराकिलो अन्तरले हरायो । ग्रिनल्यान्डको जितमा दिवस भुजेलले सर्वाधिक ७ स्कोर गरे ।

बिराट तामाङको सर्वाधिक १० स्कोरको सहयोगमा लालीगँुरासले गोल्डेनपीकलाई २७–१३ ले हरायो । जुनियर छात्रमै माउण्टग्लोरीले लक्ष्मीपुरलाई २०–१४ ले हराउदा शिव गुरुङले सर्वाधिक १० स्कोर गरे ।

नर्बु तासीको महत्वपूर्ण १४ अंकको सहयोगमा मञ्जुगोक्षाले मनास्लुमाथी ३९–१५ को सहज जित निकाल्यो । जुनियर छात्र र सिनियर छात्र दुवैमा क्वाटर–फाईनलको समिकरण पुरा भएको छ ।

बिहिवार हुने जुनियर छात्रको क्वाटर फाईनल खेलमा सेबले एन्जल्स्हार्ट,नेरिकले एचएचसीए,ग्रिनल्यान्डले लालीगुँरास तथा माउण्टग्लोरीले मञ्जुगोक्षासग प्रतिस्पर्धा गर्ने छन् ।

सिनियर छात्रमा आयोजक ग्रिनल्यान्डले लोयल्टी,एचएचसीएले न्युसमिट,भ्यालीपब्लिकले अभियान पब्लिक तथा गोल्डेनपीकले प्रोलिफिकसग क्वाटर फाईनलमा खेल्ने छन् ।