काठमाडौं, ३२ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने क्रममा सांसदहरुले प्रयोग गरेको शब्दप्रति आपत्ति प्रकट गरिएको छ ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का सांसद योगेन्द्र चौधरीले तराईको कुरा गर्दा बिहारसँग तुलना गरेर हेर्ने पार्टीले अहिले तराई–मधेसको डुबानको विषयमा सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु कतिको ठीक होला ? भनी एमालेप्रति कटाक्ष गरेका थिए ।
सांसदबाटै यस्तो कुरा आएपछि एमालेका सांसद तथा जरुरी सार्वजनिक महत्वका प्रस्तावक भीम रावलले उक्त भनाइप्रति आपत्ति प्रकट गरे । उनले आफ्नो पार्टीले तराईका विषयमा कहिले पनि त्यस्तो नभनेको र यस्ता किसिमको प्रचारसमेत नगर्न चेतावनी दिए ।
उनले भने– ‘तराई मधेसप्रति आफ्नो पार्टीले कहिल्यै बिहारसँग जोडेर नहेरेको तथा नेपालको सार्वभौम, स्वतन्त्रता र अखण्डताप्रति आफ्नो पार्टी सदैव सचेत रहेकाले अघिल्ला सांसदबाट तराई भनेको बिहार भन्ने अभिव्यक्ति एमाले भनेको भन्ने भनाइप्रति आपत्ति छ, यस्तो ‘कु’ प्रचार बन्द गरियोस् ।’











प्रतिक्रिया