१० मंसिर २०८३, बिहिबार

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि संसद बन्द गर्न चन्द्र भण्डारीको प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले व्यवस्थापिका संसद केही दिनका लागि बन्द गर्न प्रस्ताव गरेका छन् ।

‘हामीले मुखले बोल्दै मात्रै आएका छौं, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर उद्धार र राहतमा लागिरहेका छन्,’ भण्डारीले भने- ‘हामी जनप्रतिनिधी कसरी हुन्छ प्रभावित क्षेत्रमा पुग्नुपर्यो । जनताको दुःखमा साथ दिनुपर्यो । यसका लागि संसद नै बन्द गर्नुपर्ने भएपनि गरौं ।’

बाढी, पहिरो र डुबानले देशभरका जनता पीडामा रहेको भन्दै उनीहरुको उद्धार, राहत र दुःखमा परेका बेला जनप्रतिनिधीका नाताले साथ दिन सम्पूर्ण सदस्यहरु प्रभावित क्षेत्रमा खटिनुपर्ने भन्दै संसद बन्द गर्न प्रस्ताव गरेका हुन् ।

‘हामीले मुखले बोल्दै मात्रै आएका छौं, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर उद्धार र राहतमा लागिरहेका छन्,’ भण्डारीले भने- ‘हामी जनप्रतिनिधी भएर पनि बोल्ने काम मात्रै गरिरहेका छौं । कसरी हुन्छ जनप्रतिनिधीसम्म पुग्नुपर्यो । जनताको दुःखमा साथ दिनुपर्यो । यसका लागि संसद नै बन्द गर्नुपर्ने भएपनि गरौं ।’