काठमाडौं, १५ कात्तिक । इन्टिग्रेटेड मोबिलिटी सोलुसन (आईएमएस) प्रालिले सञ्चारकर्मीलाई २० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ।
फोटो जर्नालिस्ट क्लबको सिफारिसमा उपलब्ध गराउने यो स्मार्टफोन खरिदका लागि ग्लोबल आईएमई बैंकले ईएमआई गरिदिने भएको छ।
बजारमा एमआरपी मूल्य ५२ हजार रहेको यो स्मार्टफोनमा २० मेगापिक्सेलको क्यामेरा र १० एक्स जुम रहेको छ।
कम्पनीले यो स्मार्टफोनको साथमा पाँच हजार रुपैयाँभन्दा बढी पर्ने कभर पनि उपलब्ध गराउने भएको छ। केही रकम बुझाएपछि किस्तामा किन्न सकिने यो स्मार्टफोन सीमित रहेकाले आईएमएसले यसबाट लाभान्वित हुन आग्रह गरेको छ।














प्रतिक्रिया