१० मंसिर २०८३, बिहिबार

अन्ततः एमालेकै लाइनमा आए अमरेशकुमार! संसदमै उठाए आवाज

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका मृतकका परिवारलाई ५ लाख रुपैयाँ राहत दिन माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बाढी, पहिरो र डुबानबाट तराईमा जनधनको ठूलो क्षति भएलगत्तै बैठक बसेर बेला मृतकका परिवारलाई ५ लाख तथा घरबारविहिनलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउन सरकारसँग माग गरेका बेला बुधबारको संसद बैठकमा कांग्रेस सांसद एवं मधेसी नेता अमरेशकुमारले ५ लाखको कुरा उठाएका हुन् ।

‘मर्ने व्यक्तिको रकम दुई लाख छुट्याइएको छ । त्यो अत्यन्त न्युन छ । त्यसलाई बढाएर कम्तीमा पाँच लाख गरियोस्,’ उनले संसद बैठकमा भने– ‘साथसाथै जसको घर भत्क्याछ, सम्पूर्ण घर भत्केको नागरिकहरुलाई २ लाखको दरले उपलब्ध गराउनुपर्छ ।’

उनले तराईका धेरै ठाउँमा अझै राहत सामग्री नपुगेको भन्दै सबै पक्ष राहतमा लाग्नुपर्ने र त्यतिले पनि नभए अन्तर्राष्ट्रिय समुदायसँग सहयोग आह्वान गर्नुपर्ने कुरा राखे ।