२१ कार्तिक २०८३, शनिबार

‘हामीमाथि लागेको आरोप गलत हो’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ साउन । चितवनका टंकप्रसाद खरेलले आफूमाथि करोडौं ठगी गरेको भन्ने आरोपलाई खण्डन गरिएको छ ।

खरेलले खरेलले हिजो दैनिक नेपालमा लेख लेख्दै आरोप लगाएका नविन बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कविन वस्नेतले आफूहरुले कुनै ठगी नगरेको दाबी गरेका छन् ।

यस्तो छ उनीहरुले दैनिक नेपालमा प्रेषित गरेको दाबीः 

तपाईंले आफ्नो अनलाइनमा प्रकाशित गर्नुभएको समाचार पढी सो समाचारले मेरो वास्तविक चरित्रमानै अन्याय गरेको र उक्त समाचार प्रेषित गर्नुपुर्व म समेतलाई एक पटक पनि सोधनी नगरी एकतर्फि रुपमा आएको हुँदा उक्त समाचार पुर्ण रुपमा भ्रामक, यथार्थ भन्दा फरक रहको हो भनी मेरो निम्न लिखित प्रमाण सहित खण्डन गरेको छु ।

१) प्रथमतः उक्त समाचारमा यस सहकारीको नाम जोड्न मिल्नेनै होईन । सहकारीवाट निज टंकप्रसादको नाममा कुनै रकम लगानी नै भएको छैन् । निज टंकप्रसादको वैंकमा रहेको धितो फुकवा गर्ने सम्वन्धमा सहकारीमा छलफल हुने क्रममा तत् अवस्थामा उपस्थित भएका नविन वस्नेत र टंक प्रसाद विचमा कुराकानी भई नविन वस्नेतले उक्त टंकप्रसादको नाममा कैलाश विकास वैंकमा धितो रहेको र सो उपर टंकप्रसाद खरेलको छोराले मुद्धा दायर गरि शुरु काठमाण्डौं जिल्ला अदालतले उक्त मुद्धामा चिरन्जीवी खरेलको हक नलाग्ने गरि फैसला भई आएको र सो फैसला उपर निज चिरन्जिवी खरेलले हालेको पुनरावेदन अदालतको मुद्धा मिलापत्र गर्नको लागि भनी नविन वस्नेतले रु.१,५०,०००००। एक करोड पचास लाख लगानी गरेका हुन् जुन यस सहकारीवाट भए गरेको नै होईन् तसर्थ सहकारीको नाम जोडिरहनु नै नपर्नेमा जोडि आएका समाचार तथ्य विपरित छ साथै नविन वस्नेत यस सहकारीका सदस्य नै होईनन् भने संचालक हो भनी आएको समाचार पनि पुर्णत झुठा हो ।

२) म नविन वस्नेतले निज टंक प्रसादको नामको मुद्धा मिलापत्र गर्नको लागि भनी मैले विदेशमा वसि अनेक दुःख गरि कमाई आएको नितान्त व्यक्तिगत रकम लगानी गरेको हुँ । मैले शुरुमा लगानी गर्दिन भन्दा निज टंक प्रसाद खरेल मेरो खुट्टामा परि विलौना गरि जसरी भए पनि मेरो घर जग्गा जोगाईदिनुहोस् भनी अनेक तरहले वेदना गरेको कारण र निजको सपरिवारले नै मलाई अनुनय विनय गरेको कारण म आफुले शुरुमा व्याजलिने भनी लगानी गरेको हुँ ।

३) यसरी म आफुले लगानी गरि सके पश्चात तत्कालिन पुनरावेदन अदालत पाटनबाट निज टंकप्रसाद खरेलको नाममा उक्त घर जग्गा फिर्ता गर्ने गरि मिलापत्र भएको र उक्त मिलापत्र पश्चात निज टंक प्रसाद खरेल र निजका सम्पुर्ण परिवारले नै मलाई भेट गरी तँपाईको रकम सावाँ व्याज तिर्न हामिलाई हाल हाम्रो आयस्ता नभएकोले नसक्ने हुँदा वरु उक्त घर जग्गाहरुको मोल राखि तँपाईनै खरिद गरि लिनुहोस् वरु अरुलाई भन्दा केहि सस्तोमानै दिनेछौं भनी भनेकोले म आफुले निज टंक प्रसाद खरेललाई तँपाईको जग्गाको मोल कति राख्नु भएको छ भनी सोधनी गर्दा निजले पहिला म आफुले मुद्धा मिलापत्र गर्दा दिएको रु.१,५०,०००००। एक करोड पचास लाखमा थप ३ करोड थपि दिएमा घर जग्गा मेरो नाममा पास गरि दिने छु भनी भनेकोमा म आफुले म सँग ३ करोड छैन लिने भए २ करोड पचास लाख सम्म थप्न सक्छु भन्दा सोहि विषयमा छलफल गरि २ करोड ११ लाख अस्सि हजारमा कुरा टुङ्गिए पश्चात म आफुले त्यति धेरै रकम म सँग नभएको हुँदा साथी भाई सँग सर सापटी माग्ने कुरामा शैलेन्द्र कुमार श्रेष्ठ सँग भेट गरि केहि रकम निज सँग सापटि लिएको र केहि रकम म आफुले गोरेटो वहुउद्धेश्यि सहकारी वाट निकाली र वाँकि म सँगनै भएको रकम निज टंक प्रसाद खरेललाई दिई उक्त घर जग्गा मेरो नाममा राजिनामा पास गरि लिएको हुँ । यसरी राजिनामा पास गरिलिंदाको अवस्थामा उक्त लिखतमा टंक प्रसाद  दिने र लिने म नविन वस्नेत भएको साक्षीमा टंक प्रसादको श्रीमती पार्वती, छोरा चिरन्जिवी र छोरी यमुना समेत लिखतमा साक्षी वसि मलाई घर जग्गा राजिनामा गरिदिएका हुन् ।

४) यसरी घर जग्गा राजिनामा गरि दिए पश्चात हाल दैनिक रुपमा उक्त घर जग्गाको दर भाउ वृद्धि हुँदै गए पश्चात निज टंक प्रसाद खरेल समेतले म प्रति वद्नियत चिताई मलाई निजको उक्त घर जग्गा राजिनामा गर्दा नावालक रहेकि जसलाई कानुनले पनि साक्षीमा राखि राख्नु नपर्ने व्यक्ति जसलाई साक्षीमा राखिएको थिएन सोहि जमुना खरेल (नावालकको कुनै संरक्षक समेत विना )मार्फत म माथि लिखत वदर मुद्धा नावालककै नामवाट राख्न लगाई उक्त मुद्धा हाल चितवन जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेको छ । जसवाट म आफुले न्याय पाउनेनै छु । उक्त मुद्धामा पनि निज टंकप्रसाद खरेलले म लाई दुःख दिनको लागि मुद्धा पेशीमा राख्न नै नदिने , पेशिमा चढे पनि हटाउने गरि हाल कार्यवाहि अगाडि वढाउन समेत अल्मल्याईरहेका  छन् ।

५) निज टंक प्रसाद खरेल भन्ने व्यक्तिको विषयमा जसरी समाचार आएको छ वास्तविकता त्यो कदापि होईन् । म आफु आफ्नो मुद्धामा  चितवन जिल्ला अदालत जाँदा दैनिक टंक प्रसाद खरेललाई खोज्न मानिसहरु अदालत परिसरमा आईरहेका छन् । अर्को निजको नाममा सम्मानीत अदालतवाट समेत वारेण्ट जारी भएको अवस्था छ भने निजले अनेक सोझा साझा मानिसहरुलाई फसाएर घरको न घाटको वनाई आएका छन् । हाल निज चितवन जिल्ला छाडि वुटवलमा लुकेर वसेका छन् । निज चितवन जान सक्ने आँट छैन् किनकि निजले प्रताडित वनाएका व्यक्तिहरु निजलाई कुरेर वसेका छन् त्यस्तै मेरो जानकारीमा भए वमोजिम चितवन जिल्ला अदालतमा मात्र निजको २० विस भन्दा वढि मुद्धा चलिरहेको  छ । तसर्थ निज कस्ता व्यक्ति हुन् भन्ने कुरा म आफैं निजको चुङ्गुलमा परि वल्ल थाहा पाई आफुले रकम हालेर खरिद गरेको जग्गामा हाल आफैं मुद्धामाथि मुद्धा खेपि हिंड्नु परिरहेवाट ज्ञान पाईरहेको छु ।

६) अतः टंक प्रसादको कुरालाई मात्र लिएर छापिएको समाचार पुर्णत भ्रामक र झुठा हो । यस सम्वन्धमा प्रमाण चाहिएमा जुनै पनि वेलामा दिन  म तयार छु । चितवन जिल्ला अदालतमा निजको वारेमा सोध्दा जो कसैले भन्नेनै छन् । त्यस्तै म समेत विरुद्ध दायर चितवन जिल्ला अदालतको मिसिल हेरिएमा पनि पुर्ण हुने छ । त्यसैले उक्त समाचारको तत्काल खण्डन गरि पाउन माग गर्दछु साथै उक्त समाचारमा उल्लेख गरिएको जय अम्वे सहकारी सँग टंक प्रसादको कुनै सरोकार नरहेको कुरा पुनः जानकारी गराउँदछु । धन्यवाद ।

नविन वस्नेत

शैलेन्द्रकुमार श्रेष्ठ

कविन वस्नेत