काठमाडौं, १५ कात्तिक । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीले आज पनि विवादित विषयमा सहमतिको प्रयास जारी राख्ने भएका छन् ।
दलहरुका आ–आफ्नै अडानका कारण पटक पटक सहमतिका लागि भएका प्रयासहरु असफल हुदै आएका छन् ।
ती दलबीच अहिले पनि संघीय संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीजस्ता महत्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन ।
आज पनि दलहरुबीच सहमति जुटेन भने संवैधानिक राजनीतिक तथा संवाद सहमति समितिलाई सहमति जुटाउन संविधानसभाले दिएको चौथो पटकको म्याद पनि सहमति नगरिकनै गुज्रिने निश्चित छ ।
सहमतिका लागि संविधानसभाले पहिलो पटक भदौ २१ गते, दोस्रो पटक असोज २१ गते, तेस्रो पटक असोज ३१ गतेको समय दिएको थियो । तीन तीन पटक दिएको समयमा पनि सहमति नभएपछि चौथो पटक कात्तिक १५ गतेसम्मको लागि सहमति कायम गर्न म्याद दिइएको हो ।
तीन दलबीच अहिले पनि सहमति नभए विषयलाई प्रक्रिया लगेर टुङ्याउने कि जसरी भए पनि सहमति जुटाउने भन्नेमा अन्योल बढ्दै आएको छ ।
दलहरुको यही विवादले तोकिएको मितिमा संविधान जारी गर्न समेत मुस्किल पर्ने देखिएको छ ।
















प्रतिक्रिया