४ कार्तिक २०८३, बुधबार

प्यूठानको सरुमारानीको बजेट २५ करोड ९३ लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, ३२ साउन । प्यूठान जिल्लाको सरुमारानी गाउँपालिकाको पहिलो गाउँ परिषदले आर्थिक वर्ष ०७४–०७५ का लागि २५ करोड ९३ लाख १४ हजार १ सय ६९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

पुनर्संरचना पछिको पहिलो गाउँसभामा गाउँपालिका प्रमुख झगबहादुर बिश्वकर्माले बजेट प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाका प्रमुख बिश्वकर्माले सो अवसरमा गत वर्षको बचत, अनुमानित आन्तरिक आम्दानी, नेपाल सरकारबाट प्राप्त बित्तिय अनुदान र सामाजिक सुरक्षा बापत प्राप्त आम्दानी गरी आर्थिक वर्ष २०७४–२०७५ को लागि अनुमानित २५ करोड २५ लाख ९३ लाख १४ हजार १ सय ६९ रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।