१० मंसिर २०८३, बिहिबार

चिनियाँ उपप्रधानमन्त्रीले किन गरे ओलीको प्रशंसा? एमालेले दियो यस्तो वचन(फोटो फिचर)

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ साउन । नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) नेतृत्वसँग भेटवार्ता गरेको छ ।

भेटमा दुईपक्षीय आपसी हितका बारेमा सौहार्द रुपमा वार्तालाप भएको थियो । तत्कालीन ओली नेतृत्वको सरकारका बेला चीनसँग भएका सम्झौताको कार्यान्वयनको सन्दर्भमा छलफल भएको भेटमा सहभागी एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

भेटमा चिनियाँ उपप्रधानमन्त्री वाङले संविधान निर्माणमा एमालेले खेलेको भूमिका र केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग गरेको सम्झौता महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरेका थिए । नेपालको विकासका लागि चीनको सहयोग निरन्तर रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

एमाले अध्यक्ष ओलीले चीनसँग भएका यातायात तथा पारवहन समझदारी कार्यान्वयन उच्च प्राथमिकतामा रहेको विश्वास दिलाए । ‘नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध छ पार्टीको भन्दा पनि नेपालको राष्ट्रिय नीति हो’ भन्दै ओलीले चिनियाँ पक्षलाई वचन दिएका थिए ।

चिनियाँ उपप्रधानमन्त्री वाङले हालै नेपालमा आएको बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आफूहरु नेपाली जनतासँगै रहेको बताए ।

भेटमा एमालेका तर्फबाट अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, सचिव ज्ञवाली संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, नेताहरु विष्णु रिमाल र राजन भट्टराईको उपस्थिति थियो ।