४ कार्तिक २०८३, बुधबार

सुजुकीको डिजायर आकर्षक अवतारमा सार्वजनिक गर्ने तयारी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । सुजुकी कारको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले विक्रि संख्याका आधारमा अग्रणी मध्ये एक डिजायर मोडलको फेसलिफ्ट भर्जन सार्वजनिक गर्ने तयारी गरेको छ ।

सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ डिजायरमा पहिले सुजुकीको बलेनोमा प्रयोग गरिएको हियरटेक च्यासिस प्लेटफर्मको प्रयोग गरिएको जानकारी दिइएको छ । नयाँ प्लेट फर्मले कारको वजनमा कमी ल्याउनुका साथै यसमा सवार यात्रीलाई थप सुरक्षा प्रदान गर्ने कम्पनीको दावी छ । नयाँ कारमा प्रयोग गरिएको बाह्य तथा भित्री डिजाइन पछिल्लो संस्करणका तुलनामा थप स्टाइलिस छ ।

कम्पनीले पछिल्लो संस्करणको तुलनामा नयाँ कार अधिक स्पेसियस हुनुका साथै बुटस्पेस पनि धेरै हुने बताएको छ । नयाँ कारमा किलेस एण्ट्रि, डीआरएल, रियर भेण्ट सहितको अटोएसी, डायमण्ड कट अलोइज् तथा स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली लगायत अत्याधुनिक सुविधा तथा प्रविधि समेत जडान गरिएको छ ।

यसमा प्रयोग गरिएको ईन्फोटेनमेण्ट प्रणालीमा दिइएको एण्ड्रोइड अटो सुविधा भारतीय निर्मित कारमै पहिलो भएको कम्पनीको दावी छ । साथै, यसमा ठूलो टच स्क्रिनको माध्यमबाट एप्पल कार प्ले सुविधा पनि उपलब्ध रहेको छ । कारमा यात्रुको सुविधार्थ डुअल एयर ब्याग्स तथा कारका सबै भ्यारियण्टमा झैँ स्ट्याण्डर्ड सेफ्टी फिचरका रुपमा एबीएस पनि उपलब्ध गरिएको छ । कारमा उपलब्ध सुरक्षा फिचर्स नियाल्दा कम्पनीले यात्रु सुरक्षाका सवालमा कुनै सम्झौता गर्न नचाहेको प्रष्ट देखिन्छ ।

नयाँ कारमा परिक्षणमा पूर्ण सफल के१२ ईञ्जिनको प्रयोग गरिएको छ । २२ किलोमिटर प्रति लिटर माइलेज दिने क्षमता सहितको यो ईञ्जिनपावर र माइलेजका लागि विशेष परिचित छ ।

कार सम्बन्धि थप जानकारीः

 

    Suzuki
S.N Particulars New Dzire
     
A Dimensions  
Length (mm) 3995
Width (mm) 1735
Height (mm) 1515
Wheelbase (mm) 2450
Ground Clearance (mm) 163
B Engine  
Engine Type 1.2 Lt VVT K12
Engine Capacity 1197
Max power Ps 83 ps @ 6000 rpm
Max Torque (Nm) 113 @ 4200 rpm
No. of Cyclinder 4
Fuel Efficiency (km/Lt) 22
C Transmission  
Type 5MT
D Brakes  
Front Disc
Back Drum
E Steering  
Steering Type Electric , Rack and Pinion
Turning Radius (mm) 4.8
F Suspension  
Front Macphersion Strut
Rear Torsion Beam
G Otherws  
Fuel Tank Capacity (ltrs) 37
Kerb weight (Kg) 895
Seating Capacity 5
Boot Space 378
Tyre Size 165/80 R14
185/65 R15