काठमाडौं । फिल्म हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघले बाढी पीडितहरूका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा मंगलबार बसेको संघको बैठकले एक लाख रुपियाँको अक्षय कोष स्थापना गरेर अर्थ संकलन सुरु गरेको अध्यक्ष प्रदीपकुमार उदयले जानकारी दिए ।
‘हाम्रो संस्थाबाट आर्थिक संकलन सुरु गरेका छौँ । संघको तर्फबाट एक लाख रुपियाँको अक्षय कोष स्थापना भएको छ’, अध्यक्ष उदयले भने, ‘अक्षय कोषमा राहत रकम संकलन हुन थालेको छ ।’
संघको सो अभियानलाई क्यूएफ्एक्स सिनेमाले एक लाख रुपियाँ सहयोग गरेको छ । बिके फिल्मले पनि दश हजार रुपियाँ कोषमा जम्मा गरेको उदयले बताए ।
तराईका विभिन्न जिल्लाहरूमा बाढीले भएको नोक्सानी र पीडितहरूलाई राहत प्रदान गर्ने उदेश्यले आर्थिक सहयोगको अभियान सुरु गरिएको हो । संकलित रकम संघ आफैले वितरण गर्नेछ ।















प्रतिक्रिया