५ कार्तिक २०८३, बिहिबार

बसामडीमा दुई बस एक आपसमा ठोक्किए, नौ यात्रुको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १५ कात्तिक । मकवानपुरको बसामडीमा दुई वटा बस एक आपसमा ठोक्किदा नौ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा करिब ३३ यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट विराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको शुभश्री ट्राभल्स र इलामबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४८४१ नम्बरको मेट्रो डिलक्स बस आज बिहान दुई बजे बसामडीमा एक आपसमा ठोक्किएका हुन् ।

तीव्र गतिमा रहेका बसले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

दुर्घटनास्थलमा आठ र एक जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको कन्ट्रोलले जनाएको छ ।

मृत्यु हुने दुई यात्रुको सनाखत भएको छ । इलाम जिल्ला बरबोटे– ४ निवासी प्रवीणराज आचार्य र ७३१०४६६४१० नम्बरको राहदानी बाहक २६ वर्षीया रसियन नागरिक डियरा रहेको प्रहरी भनाइ छ ।