१० मंसिर २०८३, बिहिबार

रिसाउँदै राजकिशोर यादव भन्छन्, ‘डुबान भएको स्थानमा हामी कसरी जाने ?’

9.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजकिशोर यादव, राष्ट्रिय जनता पार्टी नेपाल, अध्यक्षमण्डलका सदस्य

काठमाडौं, ३१ साउन । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका अध्यक्ष राजकिशोर यादवले राजपाको मधेसका जिल्लाहरूमा जानै नसकिने अवस्था भएकाले तत्काल डुबान भएका स्थानमा शीर्ष नेताहरू नगएको प्रतिक्रिया दिनुभएको छ ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले आफूहरू काठमाडौंमा बसेर उद्धार र राहतका लागि दवाव दिइरहेको बताउनुभयो ।

‘डुबान क्षेत्रमा कसरी जाने । जानै सकिँदैन’, उहाँले भन्नुभयो, ‘हामी शीर्ष नेताहरू काठमाडौंमा बसेर निर्देशन दिइएका छौँ । राज्यलाई उद्धार र राहतका लागि दवाव दिएका छौँ ।’

उहाँले भन्नुभयो, ‘अध्यक्षमण्डलको बैठक बसेर बाढी पीडितलाई सांसदहरूको एक दिनको तलव दिने निर्णय भएको छ ।’ अध्यक्ष यादवले कार्ययोजना बनाएर राजपा अध्यक्षमण्डलका अध्यक्षहरू मधेस झर्ने बताउनुभयो ।