२ कार्तिक २०८३, सोमबार

बाढीले मध्य तथा पूर्वी तराई यसरी डुब्यो (हेलिकप्टरबाट लिइएका तस्वीर)

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, ३१ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितको उद्दार र राहतमा सरकारले कुनै कसर बाँकी रहने नगरी काम गर्ने बताउनुभएको छ ।

सोमबार बाढी प्रभावित पुर्वी र मध्य तराईका ९ जिल्लाको अवलकोन गरेर इटहरीको कृष्ण मन्दिरमा बाढी पीडितहरूसँग साक्षात्कार गर्दै प्रधानमन्त्री देउवाले पीडितहरूको उद्दार र राहतमा निकै गम्भीर भएको बताउनुभयो । उहाँले छिट्टै सबैसँग राहत र क्षतिपूुर्ति रकम पुग्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले राहत सामग्री सरकारले यातयातमा कठिनाई भए स्थानीय वजारमा खदिर गरेर पनि वितरण गर्न सम्वन्धित निकायलाई निर्देशन दिइसकेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले बाढी प्रभावित बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराह, सुनसरी, मोरङ र झापाको अवलोकन गर्नुभएको थियो ।