१० मंसिर २०८३, बिहिबार

भारतीय राजदूतकै अगाडि दिल्लीलाई चेतावनी दिँदै भीम रावलले के भने ? (तस्वीरसहित)

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाल र भारत बीचको सम्बन्धलाई समयानुकुल परिर्वतन गर्नुपर्ने बताएका छन् ।

भारतीय राजदूत मञ्जिभसिंह पुरी उपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा सोमबार बोल्दै नेता रावलले पछिल्लो समयमा देखिएका मतमतान्तरले दुवै देशको भलाई नहुने चेतावनी दिएका हुन् ।

उपाध्यक्ष रावलले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध आजको होइन, नेपाल र भारतबीचको सम्बन्ध लाभ र हानीको आधारमा हुनुपर्छ, सन्धी सम्झौताहरुको बारेमा हेरफेर गर्नुपर्छ, अनिमात्रै मित्रराष्ट्रको सही अर्थ रहन्छ ।’

दुई देशबीचको सम्बन्धलाई पञ्चशील सिद्धान्तको आधारमा हुनुपर्ने बताउँदै रावलले भने, ‘तराई डुबेको छ, लक्ष्मणपुर बाँध, महाकाली, कोशी ब्यारेज लगायतबाँधले जनधनको क्षति भइरहेको छ, प्राविधिक पक्षका कुराका आधारमा भन्ने हो भने भारतले एकतर्फी बाँध निर्माण गरेको भन्ने छ, यस्तो गल्ती भएको छ भने तत्काल सुधार हुनुपर्छ ।’

उपाध्यक्ष रावलले बाढी पहिरोबाट ज्यान गुमाएका र पीडितलाई तत्काल राहत उपलब्ध गराउन नेपाल सरकारसँग माग गरेका छन् ।

कार्यक्रममा बोल्दै रावलले राष्ट्रिय हित विपरित आएको संविधान संशोधन प्रस्तावलाई हामी कुनै पनि हालतमा पारित हुन नदिने बताए ।