२९ आश्विन २०८३, बिहिबार

बंगलादेश बैंक लि.को अगुवाईमा वलेफी ‘ए’ जलविद्युत योजनामा लगानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ कात्तिक । मुनलाईट हाइड्रो पावर कं.लि. र विभिन्नपाँच वटा बैंकहरुबीच  १० दशमलब ६ मेगावाट क्षमताको वलेफी ‘ए’ जलविद्युत आयोजनामा लगानी गर्ने सहमती भएको छ ।

नेपालबंगलादेश बैंक लि. को नेतृत्वमा नेपाल ईन्भेष्टमेन्ट बैंक लि., नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि., विजिनेस युनिभर्सल डेभेलपमेन्ट बैंक लि. तथा इन्फ्रास्ट्रकचर डेभेलपमेन्ट बैंक लि. मिलेर सिन्धुपाल्चोक जिल्लामा रहेको गोल्चे र सिलाङ्गगा.वि.स मा पर्ने वलेफीखोलाजलविद्युत योजनामा रु. १ अर्ब २० करोड रुपैयाँ लगानीगर्ने सहमती गरेका हुन् ।

लगानी सम्बन्धी सम्झौतामा नेपालबंगलादेश बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र मुनलाईट हाईड्रो पावर कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर न्यौपानेले हस्ताक्षर गरेका छन् ।

कुललागत १ अर्ब ७४ करोड रहेको उक्त आयोजनामा प्रवर्धक कम्पनीले करिब रु.५४ करोड  स्वपूँजी लगानी गर्ने छ । आयोजना ७०.३० को ऋण र स्वपूँजीमा संरचना बनाउन लागिएको हो । उक्त आयोजनामा वैदेशिक लगानी अन्तर्गत जापानको इ एण्ड डी कम्पनीको पनि शेयर स्वामित्व रहेको छ ।

वार्षिक ९ करोड ८० लाख युनिट विजुली उत्पादन हुने उक्त आयोजना र नेपाल विद्युत प्राधिकरणबीच २०६९/०७/१४ मा विद्युत खरिद बिक्री संम्झौता भएको हो । वातवरणीय प्रभाव मुल्याङकन समेत भैसकेको उक्त आयोजना अब निकट भविष्यमा नै शुरु गर्ने र समयमा नै सम्पन्न गरी हाल भैरहेको लोडसेडिङ्गलाई केही भए पनि कम गर्ने लक्ष भएकोउक्तअवसरमा कम्पनीकाअध्यक्ष न्यौपानेले बताए ।

आयोजना आगामी २०७५ असार १ गते सम्म सम्पन्न भै ३३ के.बि प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारणमा जोडिने उक्त अवसरमा जानकारी दिइयो ।