१० मंसिर २०८३, बिहिबार

कोशी बाँधका ढोका खोल्न कस्सिए विद्यार्थी संगठन, अनेरास्ववियुले नेतृत्व गर्ने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । संयुक्त विद्यार्थी संगठनले कोशी ब्यारेजका ढोका खोल्न नेपाल सरकारमार्फत भारतलाई दबाब दिने निर्णय गरेको छ ।

सोमबार अनेरास्ववियु केन्द्रीय कार्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले देशभर आएको प्राकृति विपत्तिबारे गम्भीर छलफल गर्दै तत्काल उद्दार तथा राहत उपलब्ध गराउन र कोशी बाँधका ढोका खोल्ने कुटनीतिक पहल गर्न नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

बैठकले राहत कोष समेत निर्माण गरेको छ । प्रारम्भमा विद्यार्थी संगठनहरूको तर्फबाट तीन लाख पचास हजारको राहत कोष निर्माण गरिएको छ । साथै जननिर्वाचित (सांसद, स्थानीय तहका जनप्रतिनिधि) हरूले १ महिनाको र राष्ट्र सेवक कर्मचारीले १ हप्ताको तलव नेपाल सरकारको राहत कोषमा उपलब्ध गराउन अपिल गर्ने निर्णय समेत गरिएको छ ।

यस्तै, प्रभावित २६ जिल्लामा सबै संगठनहरू संयुक्तरूपमा परिचालित हुन निर्देश गरेको छ ।