न्युयोर्क, ३० साउन । नेपाल विद्यार्थी संघले बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।
राष्ट्रसंघको युथ एसेम्लीमा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेको अध्यक्ष नैनसिंह महरसहितको नेविसंघ केन्द्रीय प्रतिनिधिमण्डलले नेपालमा ठूलो विपत्ति आइपरेकाले सहयोग पुर्याउन आग्रह गरेको हो ।
प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले राष्ट्रसंघको विश्व युवा सभामा सहयोगका लागि प्रस्ताव गरेका थिए । महरको प्रस्ताव राष्ट्रसंघका पदाधिकारीले सकारात्मक प्रतिक्रिया जनाएको र छिट्टै राहतको प्याकेज घोषणा गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।
यस्तै, अमेरिकास्थित जनसम्पर्क समितिको छुट्टा छुट्टै कार्यक्रमा नेपाल विद्यार्थी संघले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायसँग बाढीपीडितलाई सहयोग गर्न अनुरोध गरेको छ ।
कांग्रेस सम्बद्ध सम्पर्क समिति अमेरिकाका पदाधिकारीसँग र अन्य अन्तरक्रियामा संलग्न सँग छलफल अन्तक्र्रिया गरेर सहयोग जुटाउनेबारे प्रस्ताव गरेको थियो ।
सम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले एक हप्ताभित्रै सहयोग जम्मा गरेर नेपाल पठाइने बताउनुभयो ।












प्रतिक्रिया