२९ आश्विन २०८३, बिहिबार

हवाई आक्रमणमा एक्काईस भन्दा बढी आईएस लडाकूको मृत्यृ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमासकस १४ कात्तिक, । कुर्दिस समूदायको बलियो प्रभाव रहेको सिरिया र टर्कीको सीमा क्षेत्रमाअवस्थित आन अल अरब सहरमा भएको अमेरिकासँगआवद्ध हवाई आक्रमणमा २१ भन्दा बढी  इस्लामिक स्टेट (आइएस) लडाकूको मृत्यु भएको मानवअधिकारीबादी समूहले शुक्रबार जानकारी दिएको छ ।

सो हवाई आक्रमण एक आइएस कमाण्डरकोसमेत मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाइएको  छ ।

इस्लामिक स्टेटले सिरिया र इराकमा हत्या हिंसालाई निरन्तरता दिएका छन् । टर्कीमा पनि उनीहरू पुगेको बताइएको छ ।

इराकी कुर्दिस बलको ‘पेसमर्गा फोर्सेस्’ का करिब १५० सैनिक आईएसविरुद्धको कारबाहीका लागि गत बुधबार बिहान सबेरै दक्षिण–पश्चिम टर्की पुगेका थिए । सो कुर्दिस बलका  केही लडाकू बिहीबार टर्कीको सीमा पार गर्दै  सिरियाको कोबाने पुगेका थिए ।

इराकी कुर्दिस राजधानी इर्बिलबाट सो बललाई इराकी सरकारले सिरियामा रहेका आईएस लडाकूसँग लडाई गरिरहेका आफ्ना कुर्दिस दाजुभाइको सहयोगका लागि पठाएको बताइएको छ । रासस/एएफपी/सिन्ह्वा