३ कार्तिक २०८३, मंगलबार

अमेरिकाले आर्यनलाई पाँचौपटक पनि पत्याएन्, विल्सनबिक्रमले पाए नवौं पटकमा भिसा

20.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० साउन । चर्चित नायक आर्यन सिग्देललाई यसपटक पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

अमेरिकोको कोलोराडोमा अगष्ट १९ तारिख हुन लागेको अवार्ड समारोहमा जान लागेका नायक सिग्देललाई यसपटक पनि भिसा दिन अस्वीकार गरेको हो । स्रोतका अनुसार, आर्यनको भिसा अस्वीकृत भएको यो पाँचौ पटक हो । आर्यनको वास्ताविक नाम हरिस सिग्देल हो । तर, उनलाई नेपाली फिल्म उद्योगमा भने आर्यन नामले चिन्ने गरिन्छ ।

अगष्ट १९ तारिखमा अमेरिकाको कोलोराडामा हुन लागेको ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का लागि आर्यनले अमेरिकी दूतावासमा भिषा आवेदन दिएका थिए । आर्यनसँगै अभिनेत्री सुरबिना कार्की, अभिनेता आयुष रिजाल, कोरियोग्राफर कबिराज गहतराज, गायक तथा संगीतकार तारप्रकाश लिम्बुको पनि भिसा रिजेक्ट भएको छ ।

यसैगरी, नायक अनमोल केसीले तेस्रोपटकमा भिसा पाएका छन् । टिका पहारी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, रविन्द्र खड्का, नवल खड्काको श्रीमान श्रीमतीले पनि अमेरिकाको भिसा पाएका छन् ।

यता, हास्यकलाकार विल्वनबिक्रम राईले भने नवौंपटक बल्ल यसपटक भिसा पाएका छन् । यसअघि आठपटकसम्म भिसा अस्वीकृत गरेको अमेरिकी दूतावासले यसपटक अवार्ड समारोहमा जान विल्सनलाई भिसा दिएको हो ।