काठमाडौं, २९ साउन । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ४६ औं र ४७ औं शाखा संचालनमा ल्याएको छ ।
बैंकले साउन २७ गते पोखरा लेखनाथ महानगरपालिकाको बुढी बजारमा र साउन २८ गते बागलुङ नगरपालिका, जिप पार्कमा नया शाखाहरुको औपचारिक शुभारम्भ गरेको छ । उक्त कार्यक्रमहरु बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना को उपस्थिति र बैंकका संचालकहरुको सभापतित्व तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीद्वारा उद्घाटन गरिएको थियो। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै सोहि परिसरमा एटीएम सेवाहरु पनि थप गरेको जानकारी गराएको छ ।
लेखनाथ र बागलुङ शाखा सहित बैंकले ४७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ४४ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ । बेंकले हालै सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार आ. व. २०७३/७४ मा बैंकको कूल निक्षेप रु.४३.७१ अर्व, कूल कर्जा रु.३७.४६ अर्व र खुद नाफा रु.१.२० अर्व रहेको छ ।















प्रतिक्रिया