काठमाडौं, २९ साउन । नेपाल औषधि आयातकर्ता संघले बाढी पीडितहरूका लागि प्रधानमन्त्री राहत कोषमा १० लाख नगद सहयोग गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा आइतबार बसेको संघको आपतकालीन बैठकले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने निर्णय गरेको महासचिव पवन आचार्यले जानकारी दिनुभयो ।
‘तराई र विभिन्न पहाडी जिल्लाहरूमा बाढी र पहिरोले सर्वसाधारण पीडित बनेका छन्’, आचार्यले भन्नुभयो, ‘यस्तो अवस्थामा हामीले सहयोग नगरेर कसले गर्छ ?’
संघमा आवद्ध सबै व्यवसायीहरूको सल्लाह र सुझावमा दश लाख आर्थिक सहयोग गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
अविरल वर्षाका कारण तराईका अधिकांश जिल्ला र पहाडी केही जिल्लाहरूमा झण्डै ५० जना नागरिकले ज्यान गुमाउनु परेको छ भने हज्जारौं सर्वसाधारण घरबार बिहीन बनेका छन् । त्यसैगरी, करोडौँको सम्पत्ति नोक्सानी भएका छन् ।















प्रतिक्रिया