२ कार्तिक २०८३, सोमबार

रौतहटमा सुत्केरी बोकेको गाडी खोलामा खस्यो, छ जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २९ साउन । रौतहट जिल्लामा सुत्केरी बोकेको गाडी बाढीले बाटो भत्काएको स्थानमा खोलामा खसेको छ । गाडी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।

जिल्लाको लौकाह गाउँबाट गर्भवती महिलालाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । आइतबार
बिहान करिव तीन बजे भारतीय नम्बर प्लेटको गाडीमा लौकाहबाट प्राथमिक स्वास्थ्य केन्द्र राजपुर परदहवा लैजाने क्रममा लालबकैया नदीको बाढीले सडक कटान गरेको स्थानमा गाडी खसेको थियो ।

गाडीमा आठ जना सवार रहेकोमा चालक र एक जना अर्का व्यक्ति भने पौडेर बाँच्न सफल भएका छन् । गाडीमा सवार गर्भवतीसहित ४ जना महिला तथा २ पुरुषको मृत्यु भएको छ ।

शवहरूलाई खाल्डोबाट निकालिएको छ । गाडी भने अझै खाल्डोमा नै रहेको प्रहरीले जनाएको छ ।