३ कार्तिक २०८३, मंगलबार

रश्मीले पाइन् ३३ हजारसहितको म्युजिक अवार्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोफसलको ऐतिहासिक अवार्ड तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ भव्य रुपमा सम्पन्न भएको छ ।

नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा धादिङ ओम शान्ति चलचित्र मन्दिरमा सम्पन्न भएको अवार्डमा २७ विधामा अवार्ड प्रदान गरिएको थियो ।

जुरी समितिमा रंगपत्रकार शान्तिप्रिय संयोजक र सदस्यहरूमा संगीतकार सन्तोष श्रेष्ठ, लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा रहेको थिए ।

अवार्डमा प्रत्येक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार रंग पत्रकार कुबेर गिरी र लोकसञ्चारकर्मी पुरस्कार चन्द्रमणि गौतमलाई ५,५५५ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कलाकार रश्मी तामाङ ३३,३३३ नगदसहित र इभेन्ट निर्देशक निशुकान्त झालाई विशेष सम्मानद्धारा सम्मान गरिएको थियो ।

अवार्ड विजेताहरू

आधुनिक तर्फ

गायक : कृष्ण काफ्ले ला छैन् माया पिरती

गायिका : सहिमा श्रेष्ठ तिमी बोल

नव गायिका : बुनु उप्रेति टुट्यो टुट्यो

गीतकार : डा.कृष्णहरी बराल मेरो चरित्रमा शंका गर्ने तिमीको

संगीतकार : सुरेन्द्र श्रेष्ठ म रुँदा

मोडल महिला : जान्वी बोहरा चित्त यो मेरो

मोडल पुरुष : केके अधिकारी झड्का

म्युजिक भिडियो : निर्देशक नविन गुरुङ उडि जाने

म्युजिक भिडियो : सम्पादन दिपक विष्ट कोहि कोहिको माया

म्युजिक भिडियो : छायांकार अजय रेग्मी कोहि कोहिको माया

पब्लिक च्वाइस अवार्ड : खुस्बु खड्का तिमी बोल

एस.एम.एस भोटिङ अवार्ड : मञ्जिता केसी सम्झेर फेरी

लोकदोहोरी तर्फ

गायक मौसम गुरुङ तिमी फुल हौ कालि

गायिका भुमिका गिरी सातो पुत्लो गयो

नव गायक तिलक परियार तोरी हरियो

नव गायिका टिका तारमिमगर गुन्द्रुक सिन्की पकाउनु पर्दैन

शब्द शिखर गजरकोटे चरि भएदेखी

लय उद्धव कार्की नुवाकोटे कोहि भन्दा

मोडल पुरुष दुर्गेश थापा तिमी फुल हौ कालि

मोडल महिला रिना थापा मगर भुरुरु पुतली

म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट मायाले माया लुकायो

म्युजिक भिडियो सम्पादन प्रविण भट्ट आज गाउँमा

म्युजिक भिडियो छायांकन दुर्गा पौडेल आज गाउँमा

जुरी अवार्ड : कृष्ण रेउले आज गाउँमा

पब्लिक च्वाइस अवार्ड : मञ्जु गौतम हेलम्बुको स्याउँ

पपुलर अवार्ड : दिनेश थापा बोेली नफेर

इन्करेजमेन्ट अवार्ड : लिला गिरी एक चोटी भेट्न पाए