२१ कार्तिक २०८३, शनिबार

फास्ट ट्रयाक औपचारिक रुपमै सेनालाई हस्तान्तरण

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजना नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।

उक्त आयोजनासेनाको व्यवस्थापनमा निर्माण सम्पन्न गर्ने भन्ने मन्त्रिपरिषद्को वैशाख २१ गतेको निर्णय बमोजिम शुक्रबार जंगी अड्डामा आयोजित एक संक्षिप्त कार्यक्रममा नेपाली सेनाका तर्फबाट इन्जिनियरिङ विभाग तथा आयोजना प्रमुख उपरथी योगेन्द्र बहादुर खाँण र सडक विभाग मातहत तत्कालिन आयोजना प्रमुख सत्येन्द्र शाक्यबीच बुझबुझारथ भई फास्ट ट्रयाक आयोजना नेपाली सेनालाई हस्तान्तरण गरिएको हो ।

उक्त आयोजना हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव सरोज प्रधान तथा नेपाली सेनाका तर्फबाट आयोजनामा खट्टिएका अन्य रथीबृन्द एवं अधिकृतहरुको उपस्थिति रहेको थियो ।