२९ आश्विन २०८३, बिहिबार

नेपालमै अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्छौ: खेलकुद मन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Purushottam-paudel

काठमाडौ, १४ कात्तिक । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सरकारको अबको प्राथमिकता भनेकै भनेकै एक दिवसीय क्रिकेटको मान्यता दिलाउनु भएकोले अब सबै गतिविधि त्यसैमा केन्द्रीत गर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार गरेको साक्षात्कारमा मन्त्री पौडेलले नेपाली क्रिकेटलाई अझै बलियो बनाउन पाकिस्तान, श्रीलंका र माल्दिभ्ससँग मैत्रीपूर्ण खेल खेलाउने र नेपालमै अन्तर्राष्ट्रियस्तरको टि–२० प्रतियोगिता आयोजना गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।

साक्षात्कारमा मन्त्री पौडेलले बंगलादेशको राष्ट्रिय टोली र नेपाली राष्ट्रिय टोलीबीच मैत्रिपूर्ण खेल आयोजना गर्ने अन्तिम तयारी भइरहेको जानकारी समेत दिनुभयो ।

उहाँले मुलपानी, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर र पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन सरकार लागि परेको भन्दै मुलपानीको जग्गा विवाद पनि तत्काल समाधान गर्न सरकार लागेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘‘भारतले पनि एउटा स्टेडियम बनाउन सहमति जनाएकोले सरकारले जग्गाको टुङगो लगाएर प्रस्ताव गर्दैछ ।’’

नेपाली क्रिकेटको इतिहास छोटो भए पनि डिभिजन दुईमा जानु जस्तो महत्वपूर्ण फड्को मार्न सफल भएको उल्लेख गर्दै मन्त्री पौडेलले नेपाल क्रिकेट संघको ब्यवस्थापन र नेतृत्व क्षमता नभएकोले क्रिकेट विकासमा समस्या उत्पन्न भएको आरोप समेत लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब एक र दुई दिवसीय अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्नु पर्छ । क्रिकेटमा इतिहास बनाउने खेलाडीहरुलाई उनीहरुको आवश्यकता अनुसार सहयोग गर्न सरकार तयार छ ।’ यसपटक पनि सरकारले खेलाडीलाई पुरस्कार स्वरुप रकम दिन मन्त्रिपरिषदबाट निर्णय गर्ने मन्त्री पौडेलले जानकारी दिनुभयो ।