१० मंसिर २०८३, बिहिबार

संविधान संशोधनमा एमालेले पनि साथ दिने राजपा नेता यादवको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । राष्ट्रिय जनता पार्टीका शीर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित हुने ठोकुवा गरेका छन् । एमालेलगायतका असन्तुष्ट देखिएका दलहरू पनि प्रस्तावको पक्षमा आउने बताए ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘हैर्दै जानुहोस् एमालेलगायतका दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित हुन्छ हुन्छ ।’ एमालेले बाहिर बाहिर जे धारणा सार्वजनिक गरेपनि भित्र भित्र सहमतिको पक्षमा आइसकेको खुलाए । संशोधन प्रस्ताव सहमतिको दस्तावेज भएकाले आफूहरू पनि लचिलो बनेको बताए । देशको हितका लागि लचिलो भएर जानुको विकल्प नभएको यादवको भनाई थियो ।

कसैले पनि मेरो गोरूको बाह्रै टिक्का गर्न नहुने भन्दै सहमतिबाट बढ्नुको विकल्प नभएको बताए । संशोधन प्रस्ताव पारित नभए चुनावमा जानुहुन्छ भन्ने प्रश्नमा यादवले भने,‘संशोधन प्रस्ताव पारित गर्नका लागि ल्याइदैछ । खेलको नियम मानेर सबैले बढ्ने हो ।’

सरकारले तीन बुँदे सम्झौतालाई कार्यान्वयन गर्ने भन्दै आएकोमा सर्वोच्च अदालतले पछिल्लो समय गरेको निर्णयले सहमतिको नयाँ ढोका खोलेको बताए । सर्वोच्चको निर्णयले चुनावमा जाने वातावरण बनेको उनको भनाई थियो । चुनाव लोकतन्त्रको आत्मा भएकाले जनमतको सम्मान गरी अगाडि बढ्नुपर्नेमा आफूहरू रहेको स्पष्ट पारे । चुनाव चिन्ह पाउनेवित्तिकै चुनावमा जाने प्रक्रिया बढ्ने बताए ।

संविधान संशोधन प्रस्ताव देशको एकता, सार्वभौमिकता, राष्ट्रिय मेलमिलापसँग जोडिएकाले सबै अग्निपरिक्षामा रहेको बताए । जो जो सहमतिमा आउँदैनन् तिनको अराष्ट्रवादी र देशघाती चरित्र खुल्ने यादवको भनाई थिाये ।

डा.गोविन्द केसीको मागमा अबिलम्ब सहमति गरेर टुंग्याउनुपर्नेमा यादवको जोड थियो । मागप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।