
भक्तपुर, २७ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङमा आज गुड्दागुड्दैको मोटरसाइकल अचानक आगलागी भएको छ ।
बा ८४ प ८८९७ नम्बरको पल्सर मोटरसाइकल चढेर अजय हाकुजू घरतर्फ जाँदै गर्दा गुडिरहेकै मोटरसाइकलमा अचानक आगो लागेको हाकुजूले बताए ।
स्थानीय प्रत्यक्षदर्शी जयराम दथेपुथेले गुडिरहेको मोटरसाइक अचानक आगोलागी भएपछि हाकुजू उफ्रिएर खेतमा खसेपछि मानवीय क्षति भने नभएको जानकारी दिए ।
मोटरसाइकल जलेर पूर्णरुपमा क्षति भएको छ ।












प्रतिक्रिया