४ कार्तिक २०८३, बुधबार

स्वदेशमा नै युवालाई रोजगार दिनुपर्ने: मन्त्री मन्सुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ साउन । बेरोजगार युवालाई रोजगारको अवसर दिलाउने उद्देश्यले ‘जव एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) आजदेखि शुरु भएको छ ।

अधिकारी क्रियाटिभ कन्सर्नको आयोजनामा भएको मेलाको श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले नेपाल पुलिल क्लबमा उद्घाटन गर्नुभयो । उहाँले मेलाले शिक्षित युवालाई रोजगार दिनका लागि मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

‘‘अहिले पढेर पनि धेरै नेपाली युवा शिक्षित छन्”, उहाँले भन्नुभयो–‘‘त्यस्ता पढेका तर बेरोजगार युवालाई यस मेलाले रोजगारको अवसर दिलाउन मद्दत गर्नेछ ।’’

मन्त्री मन्सुरले सरकारका तर्फबाट पनि यस्ता मेलालाई प्रोत्साहन गर्ने धारणा राख्नुभयो । उहाँले अहिले सरकारले स्वदेशमा नै युवालाई रोजगारको अवसर दिने योजना बनाइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा आसाम डाउन विश्वविद्यालयका कुलपति डा नरेन्द्र नाथ र सामुदायिक क्याम्पस संघका अध्यक्ष भोला ओझाले बेरोजगार युवालाई एकै छानामुनि रोजगारको अवसर दिन मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

शनिबारसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधैँ सम्पर्क गराई जागिरको अवसर दिलाउन मेला आयोजना गरिएको कार्यक्रम संयोजक शङ्कर भट्टराईले जानकारी दिनुभयो ।

मेलामा नेपालका १८ र भारतका दुई कम्पनीले सिधँै रोजगारको अवसर दिनेछन् । मेलाबाट ती कम्पनीले आफूलाई आवश्यक जनशक्ति छनोट गर्नेछन् ।

भट्टराईका अनुसार नेपालका सिप्रदी, क्लासिटेक, विरला टायर, सुविसु, डिसहोमलगायत र भारतका रिलायन्स, जिओ मोबाइल कम्पनी र रिलायन्स होटल सहभागी हुनेछन् ।

मेलामा युवाले आफ्नो व्यक्तिगत विवरण ती कम्पनीलाई बुझाउने छन् र ती कम्पनीले मेलाबाटै अन्तर्वार्ता लिएर योग्य कर्मचारी छान्ने छन् । मेलामा युवा विद्यार्थीलाई व्यक्तिगत विवरण बनाउन पनि सिकाइने छ । रासस