२१ कार्तिक २०८३, शनिबार

जिसस बाजुरामा रोकाया निर्विरोध निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २६ साउन । जिल्ला समन्वय समिति बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्र रोकाया निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्तामा नेकपा एमालेले भाग नलिएपछि नेपाली कांग्रेस जिल्ला कार्य समिति सह सचिव नरेन्द्र रोकाया नेतृत्वको सिंगो काँग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको हो ।

समितिको उपसंयोजकमा सुनिता सुनार, दलित सदस्यमा धनवहादुर सार्की ,खुला सदस्यमा दलविर बुढथापा, मोहनसिंह कार्की, जयवहादुर सांउद, यसैगरी महिला सदस्यमा पार्वती शाही, धनी थापा र दलित महिला सदस्यमा अषाढी मिजार निर्विरोध निर्वाचित भएका छन् ।

समिति नौ सदस्यीय बन्ने भएको छ । एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । जिल्लामा रहेका नौ वटा स्थानीय तहमध्ये काँग्रेसले ६ वटा प्रमुख र ५ वटामा उपप्रमुख जितेको थियो ।

यता एमालेले तीन वटामा प्रमुख र ४ वटामा उपप्रमुख जितेको थियो । निर्विरोध निर्वाचित समितिलाई शनिबार औपचारिक घोषणा गर्ने मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए । उम्मेदवारी दर्ता गर्न काँग्रेसका शिर्ष नेताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

उम्मेदवारी काँग्रेसले सर्वसम्मत टुङ्ग्याए पनि नेतृत्वले आफू अनुकुल र मनोमानी गरेको, पार्टी विधि विधान अनुसार नचलेको भन्दै ८ जना जिल्ला कार्य समिति सदस्य भातृ संगठनका अध्यक्ष सहीत १८ जनाले सामुहीक राजीनामा समेत दिएका छन् ।

निर्विरोध निर्वाचित रोकाया काँग्रेस जिल्ला कार्य समिति सदस्य हुन् । भने युवा माझ लोकप्रिय र अन्य पार्टीसँग पनि समन्वय गर्न सक्ने क्षमता राख्छन् । रोकाया बुढीनन्दा नगरपालिका ७ नम्बर वडाबाट वडा सदस्यका रुपमा निर्वाचित भएका थिए ।