काठमाडौं, २६ साउन । डीआईजी नवराज सिलवालको मुद्दामा आजपनि सर्वाेच्च अदालतमा बहस भइरहेको छ ।
आफू आईजीपीको प्रमुख दावेदार भएको र दुई नम्बर वरियताका प्रकाश अर्यालको नियुक्ति खारेज गरी सो पदमा आफूलाई नियुक्ति गर्ने आदेश दिन माग गर्दै सिलवालले झण्डै तीन महिना पहिले सर्वाेच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमा सिलवाल पक्षको बहस सकिएको छ । आज सरकारका तर्फबाट महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरिरहेका छन् ।
बहस सकिएपछि सर्वाेच्चले फैसला सुनाउनेछ । यो मुद्दामा भरतपुर प्रकरण जस्तै लम्ब्याएर अन्तिममा सरकारकै पक्षमा फैसला आउने शंका कानून व्यवसायीहरुको रहेको छ । यता सिलवालका पक्षबाट बहस गरिरहेका अधिवक्ता टिकाराम भट्टराई अदालती प्रक्रियामा असन्तुष्ट रहेको बताइन्छ ।












प्रतिक्रिया