२१ कार्तिक २०८३, शनिबार

इञ्चार्ज र अध्यक्षबीच विवाद चर्किएपछि एमाले दाङको विवाद मिलाउन शान्ता चौधरीको ‘इन्ट्री’

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २५ साउन । केही दिन यता नेकपा एमाले दाङको विवाद चरमचुलीमा पुगेपछि एमालेकी केन्द्रिय सदस्य शान्ता चौधरी विवाद मिलाउन सक्रीय देखिएकी छिन् ।

उनले पार्टिभित्र चर्किएको विवादले वाहिर जनतामा राम्रो शन्देश नजाने
भएकाले विवाद मिलाउन आफु लागि परेको बताइन् । उनले विवाद मिलाउनका लागि आइतवार र सोमवार दिनभरजसो नै पार्टिका दुवै पक्षलाई एमाले दाङको पार्टि कार्यालय भरतपुरमा वोलाएर छलफल गराएकी हुन् । आइतवार दुवै पक्ष सम्वाद र छलफलमा आउन आनाकानि गरेपनि सोमवार दुवै पक्ष छलफलमा आएको र यसको नतिजा सुखद आउने केन्द्रिय सदस्य चौधरीको विश्वास छ ।

जिल्ला समन्वय समिति दाङको निर्वाचनको सन्दर्भमा भएको तालमेलको विषयलाई लिएर पार्टिका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज मेटमणि चौधरी र पार्टिका जिल्ला
अध्यक्ष टिकाराम खड्काविच असमझदारी बढेपछि अर्का केन्द्रिय सदस्य चौधरीले
अगुवाई गर्दै पार्टि भित्र देखीएको विवादलाई समाधान गर्नतर्फ पहल गरेकी
हुन् ।

यसअगाडि समन्वय समितिको निर्वाचनम नेकपा माओवादि केन्द्रसंग मिलेर जाने
विषयमा सहमति भइसकेको भन्दै निर्वाचनमा माओवादिसंग मिलेर जानुपर्ने
पक्षमा पार्टि अध्यक्ष टिकाराम खड्का र उपाध्यक्ष हुकुम बस्नेत देखिएका
छन् । भने माओवादिले पुर्व सहमति पालना नगरेकाले माओवादिसंग तालमेल तोडेर काग्रेससंग गर्नुपर्ने पक्षमा इञ्चार्ज मेटमणि चौधरी, सचिव हिराचन्द्र
केसि, उप सचिव शुरामणी वेलवासे रहेका छन् ।

इञ्चार्ज चौधरीको नेतृत्वमा सचिव, उपसचिवसहीतको टोलिले शनिवार मात्रै प्याकेजमा सहमति गर्दै उपप्रमुखसहीत ४ जना सदस्य र जिल्ला वारको नेतृत्व काग्रेसलाई दिने र प्रमुखसहीत ५ जना सदस्य र दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व एमालेले लिने सहमति भएको थियो ।

यसअगाडि माओवादिसंग तालमेल गरेर प्रमुखसहीत ५ सदस्य एमाले र उपप्रमुखसहीत ४ सदस्य माओवादिले लिने सहमति एमालेले गरेको थियो । उक्त सहमति तोड्दै पछिल्लोपटक आवश्यक्ता र अवस्था बुझेर काग्रेससंग सबै विषयमा प्याकेजमै सहमति गरीएको इञ्चार्ज चौधरीले बताए । सहमति विपरीत जानेलाई पार्टिको नियमअनुसार हुने पनि चौधरीले चेतावनी दिएका छन् ।

इञ्चार्ज चौधरी र पार्टि अध्यक्ष खड्का विच पछिल्लो समयमा असमझदारी बढेपछि अर्का केन्द्रिय सदस्य चौधरी विवाद मिलाउन इन्ट्रि भएकी हुन् ।