दाङ, २५ साउन । जिल्ला समन्वय समितिको निर्वाचनलाई लिएर एमाले दाङ दुई धारमा विभाजित भएको छ । जिल्ला अध्यक्ष टिकाराम खड्काले एक धारको नेतृत्व गरेका छन भने जिल्ला इञ्चार्ज मेटमणि चौधरीले अर्को धारको नेतृत्व गरेरकाले
एमाले जिल्ला कमिटी दुई धारमा विभाजित भएको हो ।
खड्काले समन्वय समिति चयनमा माओवादीसंग सहकार्य गरेर जाने सहमति गरेका छन् भने जिल्ला इन्चार्ज चौधरीले नेपाली काग्रेससँग जिल्ला समन्वय
समितिमा सहकार्य गरेर जाने सहमति गरेका छन् ।
एमालेलाई प्रमुख र काग्रेसलाई उपप्रमुख दिने गरी उम्मेदवारी समेत दर्ता
भइसकेको एमाले जिल्ला इन्चार्ज मेटमणि चौधरीले बताए । एमालेलाई
प्रमुखसहित पाँच सदस्य र कांग्रेसलाई उपप्रमुखसहित चार सदस्य दिने सहमति
अनुसार उम्मेदवारी दिइएको उनले जानकारी दिए ।
जिल्ला समन्वय समिति दाङमा एमालेले नेकपा माओवादीसँग असार २३ गते नै
तालमेलको सहमति गरिसकेकाले त्यहि सहमति कार्यान्वयन हुने र अन्य दल सँग
कुनै सहमति नभएको जिल्ला अध्यक्ष टिकाराम खड्काले बताए । उनले सहमति गैर ढंगले भएको आरोप समेत लगाए ।
जिल्ला इन्चार्ज र अध्यक्षको फरक-फरक निर्णय सार्वजनिक भएसँगै जिल्लामा
एमाले दुइ धारमा देखिएको हो । ६ वटा स्थानीय तह जितेर जिल्ले पहिलो पाटी
बनेको एमाले निर्वाचन पछि दुई धारमा विभाजन भएको हो । जिल्ला समन्वय
समितिका लागि एमाले संग १०, काग्रेससँग आठ र माओवादी केन्दसँग २ मतदाता
रहेका छन् ।
जिल्ला इन्चार्जले माओवादीसँगको तालमेलको सहमति तोड्दै काग्रेससँग तालमेल
गरे पछि एमालेको जिल्ला पाटीमा भाडभैलो मच्चिएको छ । जिल्ला इन्चार्ज,
सचिव सहसचिव लगायतका एकातिर छन् भने अध्यक्ष र उपाध्यक्ष अर्कोतिर लागेका छन् । बगंलाचुली गाँउपालिकालगायत केही स्थानमा पुरानो सहमति अनुसार माओवादीले सदस्य समेत नदिएपछि त्यससँग भएको तालमेलको पुरानो सहमति तोडेको हो । जिल्ला इन्चार्ज चौधरीले भने-‘अबको सहकार्य काग्रेससँग नै हो ।’
अध्यक्ष खड्का पक्षले भने तालमेल माओवादीसँगै भएको भन्दै काग्रेस सँगको
तालमेलको भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेको छ । एमालबाट जिल्ला
समन्वय समिति दाङको प्रमुखमा जितेन्द्रमान नेपाली र काग्रेसवाट उप
प्रमुखमा नित्यान्द शर्माले सयुक्तरुपमा उम्मेदवारी दर्ता गराइएका छन् ।
एमालेका अध्यक्ष टिकाराम खड्का र उपाध्यक्ष हुकुम बस्नेतले पुरानै सहमति
कार्यान्वयन हुनुपर्ने भन्दै विज्ञप्ति जारी गरेपनि माओवादीले भने समन्वय
समितिको प्रमुखमा रेमन्ता पुनलाई उठाएको छ । पुरानो सहमति कार्यान्वयन भए
प्रमुख पदमा माओवादीले उठाएको उम्मेद्वारी फिर्ता लिइने माओवादी जिल्ला
इञ्चार्ज जीवन गौतमले बताए । नेपाली काग्रेस दाङका सचिव शंकर डाँगीले
एमाले र काग्रेसको समन्वय समितिमा तालमेल भएको र सहमति पुर्णरुपमा
कार्यान्वयन हुने बताए ।
साउन ३२ गते हुने जिल्ला समन्वय समितिमा उपप्रमुखमा माओवादी केन्द्रका
तर्फवाट श्रीधर शर्मा पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् । एमालेले
उपप्रमुखमा र काङग्रेसले प्रमुखमा उम्मेद्वारी दिएका छैनन् । यसैगरी
सदस्यमा नेकपा एमालेका जक्तबहादुर बस्नेत, देवीलाल थारु कुमाल, माओवादी
केन्द्रका तर्फबाट खिमबहादुर घर्ती, नेपाली काङग्रेसबाट बिनोद पाण्डे,
लोकीकुमारी विकको उम्मेद्वारी परेको छ ।
दलित सदस्यमा माओवादी केन्द्रका वसन्त सार्कीको उम्मेद्वारी परेको छ ।
महिला सदस्यमा नेकपा एमालेका तर्फबाट तिलाकुमारी बुढा र सावित्रि रिजाल,
नेकपा माओवादी केन्द्रका शुभद्रा भण्डारी र नेपाली काङग्रेसका तर्फबाट
इन्द्रकुमारी घर्तीको उम्मेद्वारी परेको छ । जिल्ला समन्वय समिति एक
प्रमुख, एक उपप्रमुखसहित नौ सदस्यीय हुने छ ।













प्रतिक्रिया